कृषि मन्त्रीको पहिलो भाषण ‘म अनियमितता हुन नदिन निर्देशन दिने काम गर्छु’ (भिडियोसहित)

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्य योजना रहेको बताउनुभयो ।

कृषि विभागले गरेको कार्यक्रममा उहाँले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको बताउनुभयो । कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उहाँले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्ने बताउनुभयो ।

किसानका समस्या समाधानका लागि केन्द्रित भएर लाग्ने प्रण गर्दै उहाँले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको आरम्भ गर्ने मन्त्री साहको भनाइ थियो । उहाँले मन्त्रालयमा आफूले निर्देशन दिने बताउनुभयो ।

Leave a Reply