भारतीय नागरिकको संलग्नतामा कालो मरिचको तस्करी

  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सा – पर्साको विन्दवासिनी गाउँपालिका ४ अमरपटी नाका हँुदै नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको कालो मरिचसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अमरपटीबाट ना ३ त २४३६ नम्बरको टयाक्टरमा लोड गरी भारत लान लागेको १ हजार ८ सय ७५ केजी कालो मरिचसहित ट्याक्टर चालक भारत बिहार वेतियाका नन्दलाल यादवलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुल जानकारी दिनुभयो ।

पक्राउ गरिएको कालो मरिचलाई ट्याकटरसहित वीरगंज भन्सार कार्यालय पठाइने प्रहरी नायव उपरीक्षक लिम्बुले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!