नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात

  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा दुबईको एक व्यापारिक कम्पनीले बुधबार नेपालबाट फलफूल आयात गरेको हो ।

नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्ण प्रसादढकालले ट्वीटर मार्फत जानकारी दिनुभएको हो ।

नेपालमा उत्पादित फलफूल तथा कृषिजन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गर्नुभएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here