प्रधानमन्त्री केपीओलीलाई कृषि विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं चैत २५ – भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालय मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको छ ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उत्तराखण्ड पुग्नुभएका प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिइएको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमण पूरा गरि आज स्वदेश फर्किदै हुनुहुन्छ । ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारत जानुभएका ओली आज बेलुकी ८ बजे स्वदेश फर्कन लाग्नुभएको हो ।

भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको दुई देशका प्रधानमन्त्रीले बताएका छन् । भारत भ्रमणका क्रममा नेपाल र भारतबीच जलमार्ग र रेलमार्ग निर्माणको सहमति भएको छ । भ्रमणका क्रममा पर्साको वीरगञ्जमा रहेको एकीकृत सुरक्षा जाँच चौकी आइसीपीको उद्घाटन र मोतिहारी–वीरगञ्ज पेट्रोलियम पाइपलाइनको हैदराबाद हाउसबाट संयुक्त रुपमा रिमोट थिचेर शिलान्यास भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!