कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गछौं : प्रधानमन्त्री ओली

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं, चैत २१ –

प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सहकारीको माध्यामबाट मात्रै नेपालको कृषि उत्पादनलाई वृद्धि गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

बुधबार काठमाडौंमा दोस्रो सहकारी सम्मेलनको उद्घाटन गर्दै उहाँले पछाडि परेको कृषि क्षेत्रलाई अघि बढाउन सहकारी क्षेत्रको महत्व र आवश्यक्ता अपरिहार्य रहेको पनि स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकीकरण गर्न पनि सहकारी क्षेत्रको विकल्प नरहेको तर्क गर्नुभयो ।

उहाँले सहकारी क्षेत्रले दिँदै आएको प्रतिफलको चर्चा गर्दै यस क्षेत्रको आवश्यक्ता नेपालका लागि विशेष रहेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले टुक्रिएको जमिनलाई एकीकृत गर्दै कृषि उत्पादनमा वृद्धि गर्न चाहेको पनि बताउनुभयो । सहकारी आन्दोलनको महत्व र आवश्यक्ता नेपालका लागि विशेष रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मर्यादत रोजगारीको अवसर सृजना गर्न सहकारी क्षेत्रले सशक्त योगदान दिन सक्ने बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सरकारले सहकारी क्षेत्रसँग सहकार्य गरेर अघी बढने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक लोकतन्त्रको भरपुर उपयोग आम नागरिकले गर्ने अवस्था सृजना गर्न खोजिरहेको पनि बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!