कृषकको पीडा : पुल नहुँदा डोरिबाटै दुध तार्न बाध्य

  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालको सबैभन्दा पुरानो चीज उत्पादन केन्द्र गोसाईंकुण्ड गाउँपालिका वडा नं ४ लाङटाङस्थित चीज उत्पादन केन्द्रमा लठ्ठाबाट दूधलाई नदी तारेर चीज उत्पादन भईरहेको छ ।

वि.सं. २००९ सालमा स्थापित दुग्ध विकास संस्थान मातहतको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख खग्याल्बु लामाले दैनिक चारसय लिटर दूध संकलन भइरहेको बताउनुभयो ।

लाङसिसा खर्क र झ्याबु खर्कमा अहिले चौरी गोठ सारिएकाले ती खर्कबाट दूध क्यान्जिङसम्म ल्याउन लाङटाङ लठ्ठाबाट नदी तार्नुपर्ने वाध्यता रहेको छ । भदौ अन्तसम्म दूध ल्याउन चीज केन्द्रसम्म निकै कठिन छ ।

भूकम्पमा छसयभन्दा बढि चौरी मरेपछि चौरीपालक कृषकहरु घटेकोमा अहिले २३ जना किसानले मात्र चौरी पालिरहनुभएका छन् ।

भूकम्पमा धेरै क्षति भएको र यस अघिको जस्तो दुग्ध विकास संस्थानले पेस्की उपलब्ध नगराएकाले स्थानीय किसान चौरीपालन पेशाबाट विमुख हुनु पुगेका छन् ।

वि.सं. २०७२ वैशाखको विनाशकारी भूकम्पमा धेरै चौरी मरे पनि कतैबाट अनुदान नपाएको किसानको गुनासो छ । पेस्की हुने बेला चौकीपालक किसान ४३ जना रहेका थिए । उत्पादित चीज एक हजार सातसय र बटर एकहजार रुपैयाँ प्रतिकिलोमा स्थानीय बजारमै विक्रीवितरण हुन्छ ।

भूकम्पले विस्थापित चीज उत्पादन केन्द्र तत्काल पुनस्थापना गरेर किसानको आयस्रोत वृद्धि गर्न सहज भएको स्थानीय किसान लाक्पा लामा बताउनुहुन्छ ।

अहिले स्वीस सरकारको सहयोगमा चीज केन्द्र भवन निर्माण भएको केन्द्रका प्रमुख लामाले बताउनुभयो । कुल एककरोड ७४ लाखको लागतमा निर्माण भएको भवन निमार्ण सम्पन्न हुन लागेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here