देशका कुनै पनि ठाउँमा मल अभाव छैन : मन्त्रालय

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । देशका कुनै पनि ठाउँमा मल अभाव नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दावी गरेको छ । पत्रकार सम्मेलन मार्फत
मन्त्रालयले गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

‘धेरै मात्रामा मल उपलब्ध भएर वितरण भईरहेका छन्, खरिद भइसकेका मल पनि निरन्तर मुलुकमा भित्री रहेको छ’, कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले भन्नुभयो । कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत डीएपी, पोटास र युरिया मलको वितरण भइरहेको उहाँको भनाई छ ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया ल्याउने तयारी गरेको छ ।

त्यस्तै कृषि सामग्री कम्पनीसँग ३०० मेट्रिक टन पोटास, १३ हजार ८२१ मेट्रिक टन डीएपी, १२ सय मेट्रिक टन युरिया रहेको छ । उसले ९ हजार ७०४ मेट्रिक टन पोटास, ३० हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिँदै गरेको पनि मन्त्रालयको भनाई छ ।

बंगलादेशसंग मल खरिदका लागि ढोका खुल्लै राखेर ओमान र भारतसँग जीटूजीमा मल खरिदका लागि छलफल थालिएको मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here