कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न नसके देशको विकास हुँदैन : प्रचण्ड

  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

चितवन – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनाको औचित्य माथि आशंका व्यक्त गर्नुभएको छ ।

चितवनको रामपुरमा आजदेखि सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ को समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयको परिकल्पना अनुसार काम गर्न नसकेको बताउनुभयो ।

‘राजनीतिक दल र सरकारमा गहन छलफलपछि कृषि विश्वविद्यालय स्थापना भएको हो, जसरी यसले गति लेला, अध्ययन र अनुसन्धान, प्रचारप्रसारको प्रक्रिया, उत्पादनसँग यसको सम्बन्ध, किसानहरुको जीवनसँग यसको प्रभावकारिता जे परिकल्पना गरिएको थियो त्यो परिकल्पना अनुसार काम भएको त्यति देखिएन, बरु अरु विश्वविद्यालय जस्तै अर्को विश्वविद्यालय थपिएको जस्तो मात्रै भएको छ ।’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री तथा यसै क्षेत्रका सांसद समेत रहनुभएका प्रचण्डले सामुहिक खेती प्रणाली तिर मोडालिटिको विकास गर्नका लागि ध्यान दिन विश्वविद्यालयलाई आग्रह समेत गरे । कृषिलाई आधुनिकिरण र व्यवसायीकरण, कृषिमा उतपादन वृद्धि, युवाहरुलाई परिचालन गर्ने नयाँ अभियान नचलाएसम्म नेपालको विकासको समस्या यथार्थमा समाधान हुन नसक्ने उहाँको दाबी छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, कृषि मन्त्रालयका सचिव युवकध्वज जोशी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रा.डा.इश्वरीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आजदेखि सुरु भएको मेला चारदिन सम्म चल्ने छ । मेलामा विभिन्न ५० वटा स्टलहरु रहेका छन् । मेलाको आधिकारिक मिडिया पार्टनर कृषि डेली डट कम रहेको छ ।


  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here