मोफसलमा कृषिका समाचारको महत्व र प्रभाव न्यून

  •  
  •  
  •  
  •  
  •  
  •  

  • प्रदिप पौडेल

चितवन – समृद्धिका लागि कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले बताउनुभयो छ ।

मिडिया एक्सन नेपाल र हेफर इन्टरनेशनल नेपालले संयुक्तरुपमा आयोजना गरेको तीन दिने ‘सञ्चारकर्मी एवम् पत्रकारहरुको लागि कृषि तथा आर्थिक विकास विषयमा क्षमता अभिवृद्धि’ विषयक कार्यशालाको शनिबार समापन कार्यक्रममा उपप्रमुख शाहले यस्तो बताउनुभएको हो ।

विदेशमा सिकेर आएको ज्ञानलाई कृषि कर्ममा लगाउन अभिप्रेरित गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने उपमेयर रावलको तर्क थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले कृषि तथा पशुपालनका विषय प्राथमिकताका साथ उठ्न नसकेको र यसो हुनुमा मोफसलका सञ्चार माध्यममा काम गर्ने पत्रकारहरले कृषिलाइ मात्रै प्राथमिकता दिन सम्वभ नभएकाले यो क्षेत्र ओझलमा परेको बताउनुभयो ।

दुइवटा बाख्रा पाल्नेको भन्दा कुकुर पाल्नेको इज्जत देखिने तथा मानिसहरु एक मुठा साग बेच्न जाँदा लुकेर जाने सँस्कार र बजारमा जादा खुसीसँग जाने परिपाटी रहेको औलाउनुभयो , साथै साना किसान उद्यमीलाइ राज्यले हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्ने बताउनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष तथा सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले देशको समृद्धिमा मिडियाले पनि योगदान गर्न सकिने र त्यसका लागि कृषि विषयका समाचारलाइ प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!