माछापालनमा आत्मनिर्भर हुँदै पर्साका किसान

  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सा –

दुई वर्षअघि प्रदेश नं २ को बारामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन कार्यक्रम लागू भएपछि पर्साका किसान माछापालनमा आत्मनिर्भर बन्दै गएका छन् ।

भारतबाट आयात भई आउने माछामाथि बढ्दै गएको परनिर्भरता घटाइ किसानलाई आत्मनिर्भर गराउने उद्देश्यले आव २०७३/७४ देखि जिल्लामा सरकारले सो कार्यक्रम लागू गरेको हो । परियोजना कार्यान्वयन एकाइ (माछा सुपरजोन) कार्यालयका अनुसार आव २०७३/७४ देखि सुरु भएको सो कार्यक्रम आव २०७४/७५ सम्म आइपुग्दा एक हजार हेक्टर क्षेत्रफल विस्तार गरी माछापालन कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ कृषि विकास अधिकृत गणेश मिश्रले बताए ।

जिल्लामा १० हजार ३५ मेट्रिक टन माछा उत्पादन हुन्छ । तीन हजार १८५ मेट्रिकटन माछा सुपरजोन क्षेत्रमा उत्पादन हुने कृषि अधिकृत राम मौर्यले बताउनुभयो । जिल्लामा माछा सुपरजोन कार्यक्रम लागू भएपछि दुई हजार किसान लाभान्वित हुँदै आएका छन् । जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा किसानले माछापालन गरी वर्षिक रु दुई अर्बभन्दा बढीको माछा उत्पादन गर्दै आएका छन् । सुपरजोन कार्यक्रम लागू भएको क्षेत्रका किसानले वार्षिक रु ६३ करोड ७० लाखको तीन हजार १८५ मेट्रिक टन माछा उत्पादन गरेको कार्यालयले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!