spot_img

कार्ययोजना ल्याउन कृषि मन्त्रीले खर्चेको ४० दिन

काठमाडौं । असार ३२ गते कृषि मन्त्री बनेका रामनाथ अधिकारीले ४० दिनपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरे । आफ्नो नीतिगत प्राथमिकता, तत्कालीन र दीर्घकालीन योजना ल्याउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रीले कार्ययोजना ल्याएका हुन् ।

मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१÷८२ मा वडास्तरमा नमुना फार्म स्थापना गरी सिकाइ केन्द्रको रूपमा विकास गरिने, सङ्घीय संरचना अनुकूलको कृषि अनुसन्धान नीति तर्जुमा गरिने, किसान परिचयपत्रलाई कृषि क्षेत्रमा प्रदान गरिने, सेवा सहुलियतसँग आबद्ध गरिने लगायत विषयलाई कार्ययोजनाको प्राथमिकतामा राखेका छन् ।

मन्त्री अधिकारीले उन्नत बिउ, बेर्ना, दाना, नश्ल, वाच्छी मात्र जन्मने वीर्य, औषधी, खोप, माछाका भुराजस्ता सामग्री स्वदेशमै उत्पादन गरिने गरी नीतिगत सुधार गर्ने बताएका छन् ।

यस्तै, मन्त्री अधिकारीको नीतिगत प्राथमिकतामा निजी क्षेत्रसमेतको सहकार्यमा स्थानीय तहहरूमा क्रमशः पशु अस्पताल निर्माण र सञ्चालन गरिने, फलफूल नर्सरी र बेर्ना रोपणलाई व्यापक रूपमा विस्तार गर्ने,कृषि क्षेत्रका सेवा सुविधा तथा सहुलियतलाई डिजिटलाइजेसन गरी सर्वसुलभ र पारदर्शी बनाइने योजना छन् ।

54 COMMENTS

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार