वडामा पनि कृषि योजना बन्दै

पर्वत, जेठ १४ – कुश्मा नगरपालिका वडा नम्बर ७ ले आगामी बर्षका लागि वडाको बिकासका लागि आवश्यक योजना संकलन गरेको छ । वडाभेलाको आयोजना गरी वडा कार्यालयले आइतबार योजना संकलन गरेको हो । वडाध्यक्ष सुवासचन्द्र पौडेलका अनुसार वडाबासीहरुले करिव २ सयवटा योजना सिफारिस गरेका छन् ।

बिषेश गरी कृषि, सडक, स्वास्थ्य, पूर्वाधार, शिक्षा,सामाजिक सूरक्षा लगायतका बिषयमा योजना सिफारिस भएका छन् । संकलित सुझाव उपर फेरी छलफल गरी योजनाहरुको प्राथमिकिकरण गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । वडाले सबैका योजनाहरुलाई एकत्रित गरेर ६ वटा शिर्षकहरुमा योजनाहरुको प्राथमिकिकरण गर्ने जनाईइएको छ ।

error: Content is protected !!