कुश्मा नगरपालिका –७ का किसानलाई बहुवर्षे घासको बिरुवा वितरण

तस्विर : सुवासचन्द्र पौडेलको फेसबुकबाट

पर्वत, असार २३ – पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ ले स्थानीय कृषकको लागि ५० हजार रुपैयाँ बराबरको विभिन्न जातका बहुवर्षे घासको बिरुवा बितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरि साठी हजार बहुवर्षे घासका विरुवा ३० जना पशु पालन गर्ने कृषकलाई बितरण गरिएको वडा अध्यक्ष सुबास चन्द्र पौडेलले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिका ७ ले यस अघि पनि स्थानीय महिला लाई अचार बनाउने तालीम, तरुलको बीउ बितरण, टमाटर टनेल बनाउनको लागि कृषकलाइ अनुदान लगायतका कार्यक्रम आयोजना गरेको थियो ।