जुम्लामा लगानी प्रवद्र्धन सम्मेलन हुने

काठमाडौं –

चन्दननाथ नगरपालिकाको पहलमा भदौ २९ गते जुम्लामा पहिलो पटक “लगानी प्रवद्र्धन सम्मेलन” हुने भएको छ । सम्मेलनबारे आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै जुम्ला चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले यो लागानी सम्मेलनले जुम्ला मात्र नभई समग्र कर्णाली प्रदेशको विकास र अग्रगमनको लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रममा जुम्लामा कृषि, पर्यटन तथा जडिबुटीमा गर्न सक्ने सम्भावित लगानीका अवसरबारे सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री डा.यूवराज खतिवडाले सम्बोधन गर्नेसम्मेलनमा देशका उद्योगी व्यवसायी, सरकारका प्रतिनिधि, कुटनितिज्ञ, बैंकर्स लगायत विभिन्न संस्थाका प्रतिनिधिको सहभागीता रहनेछ । “लगानी सम्मेलनको सार, विकासःसामथ्र्यको उजागर” मूल नारा सहितको सम्मेलनले समग्र कर्णालीमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने आयोजककोे विश्वास छ ।