चिया उत्पादन पकेट क्षेत्रबारे राज्य नै बेखबर : नेता खनाल

काठमाडौं, वैशाख ८ –

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चिया उत्पादन पकेट क्षेत्रबारे राज्य नै जानकार नभएको बताउनु भएको छ । नेकपा एमाले इलाम–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको इलामको चियाः प्रवद्र्धन र सरोकार विषयक अन्तक्रिया कार्यक्रममा नेता खनालले कृषि मन्त्रीदेखि सचिवसम्म चियाबारे अनविज्ञ रहेको बताउनुभयो ।

नेता खनालले चियाको बोट नदेखेका व्यक्ति चिया तथा कफी बोर्डमा रहेकाले चिया उत्पादन र प्रवद्र्धन प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । चियाको लोगो बनाउने नाममा चिया उत्पादन पकेट क्षेत्र केही मानिसको सिण्डीकेट हुन सक्ने दाबी गर्नुभयो ।

नेता खनालले चिया उत्पादन पकेट क्षेत्रमा थुप्रै समस्या भएपनि लोगो नभएसम्म इलाम र नेपालको चिया अन्तर्राष्ट्रिय जगतमा व्यवसायीकरण गर्न नसकिने बताउनुभयो ।