रहर बालीमा लाग्ने प्रमूख रोग, कीराहरु र तीनको व्यवस्थापन

  • 471
  •  
  •  
  •  
  •  
  •  
    471
    Shares


१. परिचय
रहर (Cajanus cajan L. Millsp.) लोकप्रिय र बहुउपयोगी वर्षे दलहन बाली हो । आ.ब. २०७५(७६ मा नेपालमा रहर १६७५३ हेक्टर क्षेत्रफलमा लगाईएको थियो र १६५३८ मेट्रिक टन उत्पादन भएको थियो । रहर बालीको उत्पादकत्व ०.९८७ मे.ट.प्रति हेक्टर रहेको छ (कृषि विकास मन्त्रालय, २०७६)। यसको तराई देखि उच्च पहाड (समुद्र सतह देखि २००० मी.) सम्म गर्न खेती गरेको पाइएको छ ।

यो बाली पूर्वी तराई तथा मध्य पश्चिम तराईको सुख्खा क्षेत्रमा लगाइन्छ र मध्य पहाडमा विस्तारण भईरहेको छ । रहर बहुउपयोगी बालीकोे रुपमा जस्तै खाद्यान्न, दाउरा, घाँस, माटो उर्वर बनाउन, भूक्षयीकरण रोक्न आदिमा प्रयोग गर्न सकिन्छ । नेपालमा रहर एकल बालीको रुपमा वा विभिन्न बालीहरुसँग मिश्रित बालीको रुपमा लगाउन सकिन्छ । यसको बोटबाट सरदर १ टन प्रति हेक्टर सुकेको पात, खेत वा बारीमा झर्दछन् फलस्वरुप यी पातहरु कुहिएर थप प्राङ्गारिक मलको रुपमा प्रयोग भई माटो उर्वर राख्न मद्धत पुग्दछ ।

रहरबालीले औसतमा १६८ देखि २८० के.जी. नाइट्रोजन प्रति वर्ष प्रति हेक्टर स्थिरिकरण गर्न सक्छन् । रहरको पाक्ने अवधि ५ देखि १० महिना लाग्ने भएको र वर्षभरिमा एक देखि दुई बाली लिन सकिने, रोग तथा कीराको प्रकोपले उब्जनीमा ह्रास हुने आदि समस्या भएकोमा केही वर्ष यता अनुसन्धान बाट छोटो तथा मध्यम अवधिमा पाक्ने रहरबालीको जातहरु विकास भएकोले यस खेती प्रति कृषकहरुको आर्कषण र चासो बढेको पाईन्छ । रहर बालीमा लाग्ने प्रमूख रोगहरु, कीराहरु र तीनको उचित व्यवस्थापन निम्न प्रकारले विस्तार गरीएको छ ।

२. रहरमा लाग्ने रोगहरु तथा तीनको ब्यवस्थापन
रहर बालीमा ओइलाउने रोग, बाँझो रोग (Sterility mosaic) आदि प्रमुख छन् । यीनको पहिचान र ब्यवस्थापन निम्न प्रकारले विस्तार गरीएको छ ।
२.१.रहरको ओईलाउने रोग (Fusarium wilt)
यो रोग ढुसीबाट लाग्ने रोग हो र यो रोग बीउ र माटोबाट सर्दछ । यो रोग लगाउने ढुसीको जीवाणुहरु माटोमा तीन वर्ष सम्म बाच्न सक्छ । यो रोग बेर्ना अवस्थामा पनि देखिन्छ तर समस्या फुल फुल्ने र कोसा लाग्ने बेलामा धेरै देखिन्छ । रोगको अवशेष माटोमा बाँच्ने हुदाँ जीवाणु जराबाट भित्र पसि जाइलम तन्तु विकसित हुन्छ जस कारण बालीले प्रयाप्त मात्रामा पानी र खनिज पदार्थ बोटको विभिन्न भागमा पु¥याउन सक्दैन र ओइलाउन थाल्छ ।

 

लक्षण
१. सानै अवस्थामा पनि जरामा ढुसीले आक्रमण गर्योे भने बोटहरु ओईलाएको देखिन्छ ।
२. फूल फुल्ने र कोसा लाग्ने बेलामा बोटको तल भागतिरबाट पातहरु सुक्दै जान्छ

३. बिस्तारै बोटको माथिल्लो भागका नरम पातमा पनि रोगको असर देखिन्छ ।
४. रोगी बोटलाई उखालेर डाठलाई बिच बाट काटेर हेर्दा ढुसीको कालो जालो देखिन्छ ।
५. अन्तमा पुरै बोट ओईलाई मरेर जान्छ ।

ब्यस्वस्थापन
१. खेतबारीबाट अनावश्यक झारपातहरु निकाली सफा राख्ने ।
२. रोगी बोटका अवशेष भए हटाउने ।
३. प्रत्येक ३ वर्षमा घुम्ती बाली प्रणाली लगाउने ।
४. रहर र सरगम (Sorghum) १ः१ अनुपातमा मिस्रित बाली लगाउने ।
५. रोग कम लाग्ने जात जस्तै आइ.सि.पि.एल. ७०३५ लगाउने ।
६. रहरको बोट बाक्लो गरि खेति नगर्ने ।
७. थिराम (Thiram) बिषादी २ ग्राम प्रति के.जी.का दरले बीउको राम्रोसँग उपचार गर्ने ।
८. ट्राइकोड्रमा (Trichoderma) जैविक बिषादी १० के.जी. प्रति हेक्टरका दरले माटो उपचार गर्ने

.२.बाँझो रोग (Sterility mosaic)

यो रोग सुलसुले भन्ने किराले सार्दछ । यो नेपाल र भारतमा निकै समस्याको रुपमा देखिएको रोग हो । गर्मी याममा पानी नपरेको अवस्थामा रोग नदेखिएतापनि पानी परेसँगै यो रोग नयाँ पातमा देखिन थाल्छ ।

लक्षण

यो रोग टाढैबाट सजिलै चिनिन सकिन्छ ।
रोगी बोट खेतबारीको ठाउँ ठाउँमा पहेँलो छिर्केमिर्के देखिन्छ र रोगी बोटमा फूल र कोसा लाग्दैन ।
पातहरुको हरियोपना हराउँदै जान्छ भने पातहरु सानो आकारको हुन्छ ।
नयाँ पातको नसाहरुमा हरितकण कम हुन्छ र पहेलिन्छ ।
बोटको सबै हाँगमा नभइ कुन कुनै हागाँमा मात्रै यो रोग देखिन्छ ।
रोग लागेको बोटको हागाँको लम्बाइ सानो हुन्छ र पात खुम्चीएको हुन्छ ।

ब्यवस्थापन
बाली लगाउँदा बहुवर्षिय बाली नजिक नभएको ठाउँमा लगाउने
बाली लगाउनुपर्ने भयो भने बहुबर्षिय बाली हटाउने ।
रोगी बोट उखालेर नष्ट गर्ने ।
प्रत्येक वर्ष रोग देखिएमा १/२ सिजन रहर बालि नलगाउने ।
रोग अवरोधक जात लगाउने जस्तै आइसीपी ७०३५।
बांझो रोग देखिएका बोटहरु उखेली नष्ट गर्ने ।
यो रोग सार्ने कीरा माइट नियन्त्रण गर्न मेटसिस्टक्स(0.१%) वा रोगर १ मिलि प्रति लिटर पानीमा मिसाई छर्कने ।

चित्र नं. ४ रहरबालीमा देखिने बांझो रोग

२.३. फाइटप्थोरा डढूवा रोग (Phythopthora blight)

यो रोग १ देखि ७ हप्ता सम्मको वेर्नामा देखिन्छ । छाेटाे अवधीको भन्दा लामो अवधीको मा बढी लागेको देखिन्छ । रोगको अवशेष माटाेमा बाच्दछ । बादल लाग्ने हल्का पानी पर्ने र द्दछ डिग्री तापक्रम यो रोग विकासको लागि अनूकूल हून्छ । बोटको उमेर बढ्दै जादा रोग कम हूदै जान्छ ।

लक्षण
१ देखि ७ हप्ताको वेर्ना एक्कासी ओइलाएर मर्दछ ।
रोगी बोटको पातमा पानीले भिजेको धब्बा देखिन्छ भने डाठमा रोगी धब्बा देखिन्छ ।
पातको नरमपना हराउदै गइ फूर्सो सूकेको जस्तो देखिन्छ ।
रोग बढ्दै गएमा डाठ र हागा पनि भाचिने गर्दछ ।
ब्यवस्थापन

रोग देखा नपरेको प्लट छनौट गर्ने ।
पानी जम्ने खल्ला खेतमा रहर रोप्नू हून्न ।
निकासको राम्रो व्यवस्था मिलाउने ।
वेभिष्टिन नामक ढूसिनासक विषादी द्वारा २ ग्राम प्रति के.जीको दरले वीउ उपचार गर्ने ।
बोटमा प्रकोप देखिएमा रोपेको १५ दिनमा एकपटक ३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्कने र १५ दिन पछि अर्को पटक स्प्रेय गर्ने ।

चित्र ५. पात र डाठमा रोगको लक्षण

२.४. सूख्खा जरा कूहिने रोग (Dry Root Rot)
बोट ढिलो लगाएको र वर्षायाममा लगाएको बालीमा यो रोग बढी देखिन्छ ।
तापक्रम ३० डिग्री से. र सूख्खा मौसममा यो रोग बढी देखिन्छ ।
लामो समय खडेरी भइ पानी परेको अवस्थामा रोग बढ्छ ।
यो रोग शूरुको अवस्थामा भन्दा फूल फूल्ने अवस्थामा बढी लाग्छ ।

लक्षण
रोगी बोट एक्कासी सूक्दै जान्छ ।
रोगी बोट उखालेर हेर्दा जरा सूख्खा भइ कूहिएको देखिन्छ ।
सहायक जरामा बढी आक्रमण गर्दछ जून झूरो भएर भाचिन्छ ।

व्यवस्थापन

वीउ उपचार गरी लगाउने ।
बाक्लो गरी बाली नलगाउने ।
ढिलो बाली नलगाउने ।

घ. रहर बालीमा लाग्ने प्रमूख कीराहरु तथा तीनको व्यवस्थापन

कीरामा रहरको कोसामा लाग्ने गवारो र कोसे झिंगा रहरबाली उत्पादनको मुख्य समस्याहरु हुन् । यिनको पहिचान र ब्यबस्थापन निम्न प्रकारले विस्तार गरीएको छ ।

३.१.कोसामा लाग्ने गवारो (Gram Pod Borer, Helicoverpa Armigera Hubner)

यो कीराको बयश्क अवस्था एक किसिमको पुतली हो । यो कीराको बश्यक, फुल, लार्भा र प्युपा गरी ४ अवस्था हुन्छ । पुतलीको शरीर गाढा खैरो रङको हुन्छ । पोथी पुतलीले कोपिला, फूल र कोसामा फुल पार्दछ । फुलबाट लार्भाहरू उत्पन्न भै कोसाहरू खान थाल्दछन् । नेपालमा चना वालीको लागि यो कीरा ठूलो समस्याको रूपमा देखा परेको छ ।

यो कीराले अन्य बालीहरू जस्तै गोलभेडा, भण्टा, रामतोरिया, बोडी, बन्दा, कपास आदिमा पनि नोक्सान पुर्याउछ । यो कीराले कोसाहरू अति नै मन पराउँछ । यसको आक्रमण बढ्दो रूपमा देखिन्छ । यसले दलहनको कोसा छेडेर भित्रको दाना खान्छ । यस कीराको आक्रमण बढेमा दलहनको उत्पादन निकै घटेर जान्छ साथै कमसल गुणको कारण फसलले राम्रो बजार पाउन पनि सक्दैन ।

चित्र ६. कोसे गवारोको बिभिन्न अवस्थाहरु पुतली, लार्भा

व्यवस्थापन

गवारो व्यवस्थापन गर्नको लागी होसियारीपूर्वक यस कीराको फुल र लार्भालाई अनुगमन गर्नु आवस्यक छ । यसरी अवलोकन गर्दा एक लार्भा प्रति वोटमा वा प्रति वोट एक कोसामा आक्रमण देखिनासाथ यिनको व्यवस्थापन विधी अपनाउनुपर्छ । यस कीराको फुलको परजीवि ट्राइकोग्रामा काइलोनिस् (Trichogramma chilonis) नामक बारुलो छ छैन थाहा पाउनको लागी पनि बाली लगाएको खेतमा नियमित अवलोकन गर्नुपर्ने हुन्छ । किनकी फुलको परजीवीले गवारोको फुल नष्ट गर्न सक्ने प्रवल संभावना हुन्छ ।

भाले पुतलीलाई पासोमा पार्नको लागी यौनजन्य पदार्थ (फेरोमेन ट्रयाप–हेलील्यूर) को पासो बाली लगाएको ठाउमा प्रयोग गर्ने । यसले गर्दा भाले पुतलीहरू यौनजन्य पदार्थ प्रति आकर्षित हुन्छन् र सो पासोमा भएको थैलोमा फस्दछन् । वालीमा भाले पुतलीहरुको उपस्थिती थाहा भएपछि प्रति पासो ५–६ पुतलीहरु फसेमा यिनको व्यवस्थापन विधी तुरुन्तै सुरु गर्नु पर्ने कुरा थाहा हुन्छ ।

बोट र कोसामा देखिएका लार्भाहरू हातैले जम्मा गरी मार्ने ।

ट्राइकोग्रामा काइलोनिस (Trichogramma chilonis ) नाम गरेको एक प्रकारको बारुलोले गवारोको फुलमाथि आफ्नो फुल पारी गवारोको सन्तान वृद्धि कार्यलाई धेरै हदसम्म रोक्दछ । तसर्थ यस्ता उपयोगी कीराको उपस्थिति र भूमिकालाई मूल्याङ्कन गरी विषादी जथाभावी प्रयोग नगर्ने । यस बारुलाको फुल १५०,००० प्रति हेक्टर प्रति हप्ताका दरले ६ हप्तासम्म प्रयोग गर्न सकिन्छ ।

भाइरसजन्य जैविक बिषादी हेली—एन.पि.भि. (Heli-NPV) २०० एल.ई. २.५ मि.लि. वा ब्याक्टेरियाजन्य जैविक बिषादी बायोलेप (Bacillus thuringienisis Kurstaki ) मध्य कुनै एक ३ ग्राम प्रति लिटर पानीका दरले मिसाइ बनाएको झोल अपरान्हमा प्रयोग गर्ने ।

नीममा आधारित कीटनाशक विषादीहरु जस्तै नीमको दिउलको झोल ( Margosom 0.003%) वा नीमारिन ( Neemarin 0.003%) आदि ३–५ मि.लि. प्रतिलिटर पानीका दरले मिसाइ बनाएको झोल अपरान्हमा प्रयोग गर्ने ।

गर्मी याममा बारीलाई गहिरो खनजोत गर्दा गवारोका प्यूपाहरु नष्ट हुन्छन् र माटो सतहमा देखिएका प्यूपाहरुलाई यिनका प्राकृतिक शत्रु (चरा, छेपारा आदि) र सूर्यको किरणले नष्ट गर्दछन् ।

दलहन बालीलाई गवारो कीराले मन नपराउने वालीहरु जस्तै गहुँ, जौं तथा आलससँग मिश्रण गरी लगाउदा गवाराको अक्रमण कम हुने गर्दछ ।

अग्लो तथा होचो सयपत्री फूल (Marigold) तथा असर्फी फूल (Calendula) मा यस कीराले फुल पार्न मनपराउने हुँदा दलहन खेतीको नजिक वा बीचमा यस्ता फूलहरू पासो वालीको रुपमा लगाउदा यस कीराको प्रकोपलाई कम गर्न सकिन्छ ।

फेनभेलेरेट २०% इ.सी. (Fenvelerate 20% EC) वा साइपरमेथ्रिन १०% इ.सी. (Cypermethrin 10 % EC) वा सुमिसिडिन २०% इ.सी.(Sumisidin 20% EC) नामक पाइरेथ्रवाइड नामक कीटनाशक विषादीहरु १ देखि २ मि. लि. प्रति लिटर पानीका दरले मिसाइ बनाइएको झोल १५ दिनको फरकमा छर्ने ।

३.२. कोसामा लाग्ने झिगां (Pod fly)

यो झिंगाले ज्ञण् देखि डण् प्रतिशत क्षती गर्दछ ।

लक्षण

यो किराले कोसाको भित्र बसेर दाना खाने भएको हूंदा शूरुमा भारी लक्षण देखिदैन ।
कोसाभित्र भएको औसाले पूरै नोक्सान गरिसकेप५ि वयस्क भिंmगा प्वाल बनाएर कोसा बाहिर निस्कन्छ ।

व्यवस्थापन

एउटै समयमा पाक्ने जात नलगाउने ।

दैहिक (systemic) विषादी १-२ मिलि प्रति लिटर पानीमा मिसाई कोसा लागेपछि आवश्यकता अनुसार २-३ पटक सम्म छर्केने ।

३.३ कागे किरा (Blister beetle)
लक्षण

वयस्क खपटेहरु रहरका फूल खान्न्छन जसले गर्दा विरुवामा कोसाहरु कम लाग्छ ।

व्यवस्थापन

यो किरा छाेप्ने जालीले छेप्ने ।

विषादी बाट नियन्त्रण गर्न नसकिने भएकोले हातले समाएर मार्ने ।

३.४ कोसाको रस चूस्ने किरा (Pod Bug)
लक्षण

यी किराले कलिला रहरका दानाबाट रस चूस्दछन् ।
दानाहरु चाउरी पर्दछ र कालो धब्बाहरु देखिन्छ ।
बीउको उमारशक्ती कम हून्छ र खान योग्य हूदैन ।

व्यवस्थापन

दैहिक विषादी १-२ मिलि प्रति लिटर पानीमा मिसाई कोसा लागेपछि आवश्यकता अनुसार २-३ पटक सम्म छर्केने ।

  • लेखक डा. राजेन्द्र दराई, कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा, नेपालगन्ज, बाँकेको वरिष्ठ वैज्ञानिक (एस-४) हुनुहुन्छ ।

  • 471
  •  
  •  
  •  
  •  
  •  
    471
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here