चितवन प्रवेश गर्यो सलह

चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह किरा देखिएको छ । कालिका नगरपालिका र खैरहनी नगरपालिका पर्साको केही स्थानमा सलह देखिएको कृषि ज्ञान केन्द्र चिवतनका प्रमुख राजन ढकालले बताउनुभयो ।
जिल्लामा कहीँ कतै सलह देखिएमा तत्काल खबर गर्न र यसको व्यसस्थापन गर्न कृषि विज्ञ, प्राविधिक, सँचार माध्यम र किसानहरुको सामुहिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र व्यवस्थपनका लागी जुटिसकेको साथै मकै बाली तत्काल थन्क्याउन, चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको बताउनुभयो ।
आइतबार नै बाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्ने तयारीमा जुटेको उहाँले बताउनुभयो । बैठकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, लगायतका संस्थाका विज्ञ र मन्त्रालयका उच्च अधिकारीकाहरु  सहभागी  हुनेछन ।

सलहको व्यवस्थापन कसरी गर्ने भन्ने जानकारीका लागी तलको लिन्कमा जानुहोस ।https://krishidaily.com/schistocera-gregaria/7720/

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!