पर्वतमा समेत प्रवेश गर्याे सलह

पर्वत । नेपालका विभिन्न जिल्लाहरुमा देखापरेको सलह किरा पर्वतमा समेत भित्रिएको छ । किराहरु सानो समूह सोमवार अपरान्ह जिल्लाका दक्षिण भेग, कुश्मा नगरपालिका लगायतका ठाउँमा आकासमाथि देखिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

सलहलाई कसरी चिन्ने : सलह झुण्डमा रहने प्रवृत्तिका फट्यांग्राको एक प्रजाती हो । अपरिपक्व वयस्क गुलाबी र परिपक्व वयस्क पँहेलो रङ्खको देखिन्छ । परिपक्व वयस्क झण्डै चोर औंला जत्रो साइजको हुन्छ । सलहको झुण्डहरु दिनको समयमा हावाको वहावसँगै निकै टाढासम्म उड्न सक्दछन् । सामान्यतया सूर्यास्त हुँदा सलहले रुख बिरुवा लगायतका स्थानहरुमा आश्रय लिन्छन् र बिहान सूर्योदयपछि केही समय घाम तापेपछि नजिकैको वोटबिरुवा खान्छन् र पुनः उडेर अन्यत्र जान सक्दछन् । पानी परेको वा बादल लागेको अवस्थामा यो कम चलायमान हुन्छ । सलह आगन्तुक किरा भएको र नेपालमा बंशवृद्धी गर्ने सम्भावना नभएको ।

सलहले कसरी नोक्सानी गर्छ ?
सलहले बालीनाली, घाँसहरु, झारपातहरुका पात लगायत सबै किसिमका रुख बिरुवाहरुका पात, मुना लगायतका नरम वस्तुहरु खाएर नष्ट गर्छ । एउटा किराले प्रतिदिन आफ्नो शरीरको तौल बराबर खान सक्छ । यसले प्रत्यक्ष रुपमा मानिस वा पशुन्छीलाइ क्षति गर्दैनन् ।

सलह आउँदै गर्दा के गर्ने ?
सलहको झुण्ड आएको थाहा पाउनासाथ स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराउने । कुनै स्थानबाट सलहको झुण्ड उडेर गएको थाहा पाउनासाथ कुन दिशामा गएको हो र झुण्डको आकार लगायतका सूचनाहरु स्थानीय पालिका, कृषि ज्ञान केन्द्र वा स्थानिय सुरक्षा निकायमा तत्काल जानकारी गराउने । कतैबाट सलहको झुण्ड आउन सक्ने सूचना प्राप्त हुनासाथ चनाखो भइ समूदायमा सबैलाइ जानकारी गराउने । सलहको झुण्ड घरभित्र समेत पसेर दुख दिन सक्ने भएकोले आउने सम्भावना भएमा झ्याल ढोका सावधानि पूर्वक बन्द गर्ने ।

सलह आएमा कसरी व्यवस्थापन गर्ने :

धेरै प्रोटीनयुक्त किरा भएकोले आएका झुण्डहरुलाइ जालोको पासोमा संकलन गरी जम्मा गरेर हाँस¸ कुखुराको आहारा बनाउन सकिन्छ । यदि आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा कुनै पनि माध्यम (जस्तैः ठूलो आवाज, धुवाँ, आदि) बाट बस्न वाधा पु¥याइ झुण्डलाइ अन्यत्रै मोडिदिने । नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झूल वा जालीले छोपेर पनि जोगाउन सकिन्छ । टनेल भित्रको बालीलाइ वरिपरीबाट किरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।

धानको व्याडमा जाली वा त्रीपाल आदीले छोपेर जोगाउने र सो स्थानमा सलह आएको समयमा वा छिटो आउन सक्ने सम्भावना भएमा धान रोपाई केही दिन ढिलो गर्ने। खेतबारी वा घर नजिकै किराले आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने बिषादीको प्रयोग गर्नु पर्छ । मालाथियन ५०५ ई. सी. ३ मि ली वा ल्याम्डा साइहेलोथ्रीन ५५ ई.सी. ०.७ मि.ली वा क्लोरपाइरिफोस २०५ इ.सी.१.८८ मि ली वा डेल्टामेथ्रीन २.८ ५ ई.सी. प्रति लिटर पानीका दरले साँझपख वा बिहान सबेरै स्प्रेयरबाट छरेर मार्न सकिन्छ ।साथै अन्य ठूलो क्षेत्र सलहले आश्रय लिएको अवस्थामा तत्काल समन्वय गरि माथि उल्लेखित सिफरिस विषादीको घोल स्प्रे गर्ने ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!