मकैमा लाग्ने गवारो किरा, यसको पहिचान र व्यवस्थापन विधि

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ,

नेपालमा मकै खेती उच्च पहाड, पहाड र तराई सबै ठाउँमा गरिन्छ तर मध्यपहाडको लागि प्रमुख खाद्यान्न र राष्ट्रियस्तरमा धानपछिको दोस्रा खाद्यान्नबाली हो । साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म मकैबालीमा धेर थरिका कीराहरूको आक्रमण हुन्छ । मकै लगाउने समय अनुसार यिनीहरूका क्षति कम वा बेंसी हुन्छ ।

प्रायः प्रतिकूल कम तापक्रम मौसमले गर्दा हिउँदमा लगाइएका मकैमा कीराहरूको प्रकोप कम देखिएको छ साथै पहाडी खण्डभन्दा तराई र भित्री मधेशमा छरेको मकैबालीमा कीराहरूको आक्रमण र क्षति बढी पाइएको छ ।

नेपालमा अनुमान गरे अनुसार मकैबालीमा ५५ थरीका कीराहरूको आक्रमण हुन्छ जसमध्ये ८–१० जातका कीराहरू बढी सक्रिय र त्यसै अनुरुप क्षति पु¥याउछन् । मकैमा लाग्ने विभिन्न किराहरु मध्ये आज हामीले मकैको गवारो किराको पहिचान र उपचारात्मक विधीको बारेमा जानकारी दिन गइरहेका छौ ।

१. मकैको गवारो (Maize stem borer):

क. मकैको धर्के गवारो (Qmriped stem borer, Chlio partlleus Swinhoe):

पहिचानः वयस्क रात्रीचर पुतली

मझौला खालको पराले रंगका हुन्छन् ।

यसको अगाडिका पखेटा हल्का खैरा रंगका र किनारमा मसिना काला थोप्लाहरू हुन्छन् ।

पछाडिका पखेटा सेतो रंगका का हुन्छ । लार्भाहरू लामो, खैरो पहेलो, टाउको खैरो र पिठ्ँयुमा ४ वटा खैरा धर्साहरू हुन्छन् । पोथीले बसन्तकालीन मकैको पातको तल्ला सतहमा खप्टिएका थुप्रोको रूपमा हल्का पहेंला रंगका अण्डाहरू पार्छन् ।

एउटा पुतलीले आफ्नो २–१२ दिनको जीवनकालमा करिब ३०० ओटा अण्डा पार्छ । लाभ्रेका शरिर हलुका खैरो र चारओटा खैर धर्सायुक्त र टाउका गाढा खैरो हुन्छ ।

व्यवस्थापन विधि :

  • कीरा कम लाग्ने जातको प्रयोग : स्थानीय जातहरूभन्दा उन्नत जातहरूमा यो कीराबाट क्षति कम भएको पाइएको छ । मकैका उन्नत जातहरू जस्तै रामपुर कम्पोजिट, अरुण–२, रामपुर–१, मनकामना–३, देउती जातका मकैमा गवारोको क्षति कम पाइएकोले यस जातको मकै लगाउन राम्रो हुन्छ ।
  • स्वच्छ खेती गभारो कीरा नियन्त्रणको सबभन्दा प्रभावकारी उपाय हो जसका लागि मकै भाँचेपछि कीरा लागेको खेतवारी जोत्ने र ठुटाहरू एकत्र गरी जलाएर नष्ट गर्ने गरेमा ठुँटामा सुषुप्त अवस्थामा रहेका लाभ्रेहरू नष्ट हुन्छन् ।
  • गवारो लागेर पातमा छिद्र परेका वा मृत गुभो बनेका बोटहरू देखा पर्ने बित्तिकै जरासमेत उखेलेर जलाउने वा गाडेर नष्ट गर्ने वा गाईबस्तुहरूलाई खुवाउने ।
  • बालीबाट झारपात उखेली सफा राख्नु पर्छ ।
  • गबारोले क्षति गर्ने क्षेत्रमा मकैको वीउदर सिफारिस मात्राभन्दा २५५ लम्वाइ बढाएर प्रयोग गर्ने । यसो गर्दा गवारोले केही बोट क्षति गरेपनि गोड्ने बेलामा यसको बोट संख्या कायम हुन जान्छ र उत्पादनमा त्यति धेरै कमी हुन पाउँदैन् ।
  • माटोको उर्वराशक्तिको आधारमा रासायनिक मलको प्रयोग गर्नु पर्छ ।
  • खेतबारीमा बत्तिको पासो राख्नाले रातिपख बत्तीको उज्यालोमा पुतलीहरू आर्कषण हुन्छन् र बत्तिको पासोमा फस्दछन । यसरी पासोमा परेका माउहरू संकलन गरी मारिन्छ फलस्वरुप यसका क्षति कम गर्न सकिन्छ ।
  • उपलब्ध भएमा गवारो कीराको अण्डा पहिलो पटक देखा पर्ने बित्तिकै ट्राईकोग्रामा (अण्डाको परजीवी कीराहरू) ट्राईकोकार्डका रुपमा १ लाख प्रतिहेक्टरको दरले प्रभावित मकै बोटमा छोड्नुपर्छ ।

-विभिन्न स्रोतहरुको सहयोगमा लक्ष्मण शर्माले तयार पारेको सामाग्री ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!