नेपालमा लगाइने मकैका जात, उत्पादन र पाक्ने समय

काठमाडौं,
चैत ११ – मकै नेपालको प्रमुख अन्नबाली हो । भौगोलिक रुपमा यो नेपालका सबै क्षेत्रमा उत्पादन हुने भएकाले नेपालको दोस्रो धेरै उत्पादन हुने अन्नबालीको रुपमा यो रहेको छ ।

मकैबाट ढिंडो, रोटी, ग्रिटको भात तथा अन्य परिकार तयार पार्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ । अहिले मकैबाट खानेतेल पनि उत्पादन हुन थालेको छ । नेपालमा खाइने खाध्यान्न मध्ये २६ प्रतिशत खाध्यान्न मकैले पूर्ति गर्दै आएको छ । नेपालमा मकैको उत्पादकत्व प्रति हेक्टर २ हजार ५ सय १ किलो रहेको छ । मकैबालीमा फूल फुल्ने बेलामा १० डिग्रीसेन्टिग्रेड भन्दा कम तापक्रम भएमा पराग सेचन क्रियामा कमी आइ दाना नलाग्ने समस्या देखा पर्दछ । बढी र घटी तापक्रमको असर विशेष गरी वर्णंकर जात लगाउँदा बढी देखापर्दछ ।

उन्नत प्रविधि र उन्नत बीऊको प्रयोगबाट खाद्यान्न बालीको उत्पादन २५ प्रतिशतले बढाउन सकिन्छ । मकै तराईदेखि उच्च पहाडसम्म खेती गरिने बाली भएकाले विकसित देशहरूको तुलनामा नेपालमा मकैको औषत उत्पादन न्यून रहेको छ । मकै चमर निस्कने (फूलफुल्ने) समयमा ३५ डिग्री सेन्टिगे्रड भन्दा बढी र १० डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भयो भने परागसेचन दर घट्न र कमैको घोगामा दाना लाग्दैन ।

नेपालमा लगाइने प्रमुख मकैका जातहरू :

खुमल पहेलो

यो २०२२ सालमा सिफारिस गरेको मकैको जात हो । यो मकै १२० दिनदेखि १३० दिनसम्मा पाक्दछ भने प्रतिहेक्टर ४.९ मेट्रिक टन उत्पादन हुने गर्दछ । मुख्य गरी मध्यपहाडमा यो मकै लगाउन उपयुक्त हुन्छ ।

रामपुर कम्पोजिट

यो जातको मकै २०३२ सालमा सिफारिस भएको हो । रामपुर कम्पोजिट जातकको मकै पाक्नका लागि ११० दिनदेखि ११५ दिनसम्ममा पाक्दछ ।मुख्यगरी यमे तराई, भित्रीमधेश, बेसी र मध्यपहाडमा लगाउन सकिन्छ ।

अरुण २

यो मकैको जात २०३९ मा सरकारले सिफारिस गरेको हो । अरुण २ मकै पाक्नका लागि ८० देखि ९० दिनसम्म समय लाग्ने गर्दछ । मुख्यगरी यो तराई र मध्यपहाडमा लगाउन सकिन्छ ।

मनकामना १

यो मकैको जात २०४४ सालमा सिफारिस गरिएको हो । १२० देखि १३० दिनसम्मा पाक्ने यो मकै प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन हुने गर्दछ । मुख्यगरी यो मध्यपहाडमा लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Comments are closed.

error: Content is protected !!