माझकोट साना किसान कृषि सहकारी संस्थाको पाँचौ अधिवेशन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  

तनहु –

माझकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । सहकारी महासंघ केन्द्रिय सदस्य नारायण खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका विभिन्न विषयमा छलफल भएको थियो । तनहुको भिमाद नगरपालिकामा रहेको यस सहकारीले ग्रामिण भेगमा रहेर विभिन्न कामहरु गर्दै आएको छ ।

साना किसान केन्द्रिय संघको २०६४ पौष २९ को स्थापना सँगै नेपालका ६६ जिल्लामा साना किसान विस्तार रहेको छ । साविक माझकोट गाविस मा रहेका अत्यन्तै गरिब र निमुखा जनताहरुको आर्थिक स्तर वृद्धिका लागी कृषि र पशुपालन क्षेत्रको विकासका लागी २०६८ कार्तिक ०४ गते स्व. भक्तÞबहादुर आलेको नेतृत्वमा स्थापना भएको यस संस्थाको सेयर सदस्य संख्या ६ सय ५४ र सेयर पुंजी रकम रु. ३९,७१,१०० रहेको र लगानीमा कुल सम्पत्ती २,३१,५६,६७० रहेको संस्थाका अध्यक्ष केशर बहादुर वंशीले जानकारी दिनुभयो ।

साधारणसभाले सहकारीको नयाँ कार्यसमिति निर्वाचनका लागि समिति पनि गठन गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!