मुख्य बाली धान रोप्ने बेला सधैं मल अभाव किन ?

  • 344
  •  
  •  
  •  
  •  
  •  
    344
    Shares

काठमाडौं । मूलुकलाई वार्षिक ६ देखि ७ लाख मेट्रिक टन मल आवश्यक पर्छ । तर, वर्षेनि ३ लाख मात्र मल आयात हुन्छ ।

धान मकैलगायतका बालीलाई चाहिने परिमाणदेखि आपूर्तिको अवस्थाबारे जानकार कृषि मन्त्रालयले अभाव हटाउन भने सकेको छैन । मलको परिणामका बारेमा जानकारी भएपनि धानबाली सिजनमा हरेक वर्ष मल अभाव हुँदै आएको छ ।

खेतीबाली हुने मुख्य सिजनमै बजारमा मल अभाव छ । किसानहरूले दुई महिनादेखि तरकारी,मकै र चैतेधानमा मल लगाउन पाएका छैनन् । मलको समस्या पहाड देखि तराई सम्म उस्तै हुँदा कृषि खेतीबाट जीविका चलाइ रहेका किसान चिन्तित छन् ।

मलको लागि धेरै किसान आउँने गरेपनि अभावका कारण किसान फर्कन बाध्य भएको विक्रेताहरु बताउँछन् ।

यता, मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य हरेक साता परिवर्तन हुने गर्दछ । मल खरिदका लागि चालु आर्थिक वर्षमा करिब ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।

उक्त रकमबाट २ लाख ८३ हजार टन खरिद गर्ने लक्ष्य भए पनि २ लाख ३१ हजार टन मात्रै भयो । ५२ हजार टन मल अपुग भएको देखिन्छ । जेठ अन्तिम साता उपत्यकाका धान रोपाइँ सुरु हुने हुँदा ग्लोबल टेन्डरभन्दा पनि जिटुजी गरेर युरिया र डीपिए मल खरिद गर्न मन्त्रिपरिषदले मन्त्रालयलाई स्वीकृति दिएको छ ।

बजारमा पर्याप्त मल छैन । भएके अनुदानको मल पनि किसानले चर्को मूल्यमा खरिद गर्न बाध्य छन्  ।

अब जीटुजी गरेर ल्याइने मल छिटो भन्दा छिटो हुने मन्त्तालयले आशा राखेको छ । तर, असार पहिलो सातासम्ममा पनि मल नआए त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने निश्चित छ ।


  • 344
  •  
  •  
  •  
  •  
  •  
    344
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here