राेकिएन कालाे मरिचकाे अवैध धन्दा

  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सा – वीरगञ्जबाट सोमबार झण्डै डेढ क्विन्टल कालो मरिच भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

वीरगञ्जबाट भारततर्फ लगिरहेको अवस्थामा छपकैयाँबाट डेढ क्विन्टल मरिच बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्ल नेतृत्वको टोलीले छपकैयाँबाट ६ बाेरा (झण्डै डेढ क्विन्टल) मरिच बरामद गरेको हो ।

कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आयात भएको मरिच नेपालबाट पुनः भारततर्फ नै तस्करी हुने गरेको छ । मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेकाले तस्करी बढेको प्रहरीले जनाएको छ ।

बरामद मरिचको बजार मूल्य झण्डै १ लाख भन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ । यस अघि पनि प्रहरीले पटक पटक भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा मरिच बरामद गरेको थियो ।

यस्तै सीमावर्ती बजार रक्सौलबाट भन्सार छलेर वीरगञ्ज भित्र्याइरहेको झण्डै एक लाख रुपैयाँ मूल्यको कार्पेट पनि बरामद भएको सशस्त्र प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

बरामद मरिच र कार्पेट वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!