‘राष्ट्रिय उद्यमशील महिला मेला’ पुसमा

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवर्द्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ ।

मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका हस्तकलासाथै जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका घरेलु वस्तु प्रदर्शन गरिने छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष देवकी बुढाथोकीले मुलुकको समग्र आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी वृद्धि गरी स्वदेशी उत्पादन बढाएर त्यसको प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

मेलामा करिब रु दश करोडको कारोवार हुने अनुमान गरिएको छ । देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासङ्घमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन् । मेला करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!