भारतीय दुधको प्रभाव : सात वर्षपछि नेपालमा मिल्क होलीडे

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सात वर्षपछि फेरी मुलुकमा मिल्क होलीडे शुरु भएको छ ।भारत लगायतका मुलकबाट निक्कै सस्तो मुल्यमा झोल दूध र पाउडर दूध, बटर अत्याधिक परिमाणमा नेपालमा भित्रिएपछि स्वदेशी किसानले उत्पादन गरेको झण्डै ५० हजार लिटर बिक्री हुन छाडेको छ । किसानले उत्पादन गरेको दूध बिक्री हुन छाडेपछि सात वटा जिल्लामा अघोषित रुपमा मिल्क होलिडे सुरु भएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी किसानको दुध बिक्री हुन छाडेपछि मिल्क होलिडे सुरु भएको जानकारी दिएको छ । संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले पूर्वी नेपालको इलामदेखि मिल्क होलिडे शुरु जानकारी दिए । संघकाअनुसार अहिले ईलामसँगै चितवन, मोरङ, झापा, सुनसरी, धनकुट्टा, तेह्रथुम, चितवनलगायत सात जिल्लामा मिल्क होलिडे सुरु भएको छ । ‘विगतमा सिजनमा मिल्क होलिडे हुन्थ्यो,’ उनले भने ‘अहिले पहिलो पटक दूध कम उत्पादन हुने सिजनमै दूधको होलिडे भयो । ’

यसअघि २०५७/६८/ २०६६/६७ सालमा मिल्क होलिडेको समस्या विकराल रुपमा भोग्नु परेको उनले जानकारी दिए । उनले अहिले दूध लिन नीजि क्षेत्रका डेरी, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान९डीडीसी० ले दूध खरिद गर्न कटौती गरेपनि विभिन्न सहकारीले दुग्ध संकलन गर्ने कार्यमा कमी ल्याएको छ ।

नीजिसहित सरकारी उद्योगले बाहिरबाट सस्तो मूल्यको पाउडर दूध भित्र्याएर त्यसैबाट झोल दूध बनाएर बजारमा बिक्री गर्दैआएका छन् । यसले गर्दा स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री हुन छाडेको छ ।

संघले भारतीय लगानीको अमुललाई कुनै पनि शर्तमा नेपालमा भित्र्याउन नपाउने आफ्ना धारणासमेत सार्वजनिक गरेको छ । संघले अमुलले प्रयोग गर्ने प्रविधि नेपालमा भित्र्याउन पाइने भएपनि प्रत्यक्ष लगानी भित्र्याएर उत्पादन र बजारीकरण गर्न नपाउने आफ्नो औपचारिक धारणा प्रस्ट पारेको छ ।

संघले मिल्क होलिडेको बिषयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, अर्थ सचिब र राजस्व सचिबलाई भेटेर जानकारी गराएको छ । संघले मिल्क होलिडे समस्या तत्कालै समाधान नभए सिंहदरबारको मूल गेटमा दूध पोखेर प्रदर्शन गर्ने तयारीसमेत गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार मुलुकमा दैनिक १९ लाख लिटर दूध उत्पादन हुन्छ । सहकारी संस्थाले मात्रै औसतमा ७ लाख लिटर दूध उत्पादन गर्दै आएको छ । यद्यपि नेपाली बजारमा ३र४ लाख दुध अपुग भएको केन्द्रीय दुग्ध सहकारी संघको भनाइ छ । संघले भारतलगायत तेश्रो मुलुकबाट आयात हुने झोल दूध र पाउडर दूधको भन्सार आयात दरमा ३५ प्रतिशत शुल्क बृद्धि गर्नुपर्ने माग अघि सारेको छ । यसवाहेक संघले १४ सुत्रीय मागसमेत अघि सारेको छ


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!