धूलो दूधको बोलपत्र खारेज गर्ने कृषि मन्त्रालयकाे निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दुग्ध विकास संस्थानले धूलो दूधको बोलपत्र खारेज गर्ने निर्णय भएको बताएका छन् ।

मन्त्री खनालले कोलिफर्म तथा सोडा मिसिएको दूधका विषयमा जनतालाई चेतना जगाउनुपर्ने र खाद्य पदार्थसम्बन्धी सचेतना जगाउने अभियान काठमाडौबाट नै शुरु गर्नुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त तत्वावधानमा किसानको अधिकारसम्बन्धी कानूनको पुनरावलोकन अध्ययन प्रतिवेदन सार्वजनिक एवम् तरकारी बजारमा किसान र उपभोक्ताबीचको मानव अधिकारसम्बन्धी छलफल कार्यक्रममा मन्त्रीले किसानको समस्या बुझी कृषिसम्बन्धी नीति तर्जुमा गरिने जानकारी दिए ।

बजार व्यवस्थापनलाई व्यवस्थित गर्न ५ नं प्रदेशमा ५० बिघा जमीनसहित २० हजार मेट्रिक टन क्षमताको शीतभण्डार बनाइने र त्यसका लागि ती वर्षभित्र पूरा गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिने पनि उहाँले जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!