spot_img

मोदी गाउँपालिकाले लियो कृषि बाट नै समृद्धीको लक्ष्य

पर्वत, साउन ३ – आगामी वर्षका लागि पर्वतको मोदी गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्र प्रमुख प्राथमिकतामा परेको छ ।

गाउँपालिकाले कृषि तथा पशु सेवा कार्यक्रम अन्तर्गत सुन्तला नर्सरी , कृषि उपज संकलन केन्द्र भवन निर्माण, मेसिनरी औजार खरिद, दलित बस्ती मा पशु बधशाला, क्षमता बिकास तालिम तथा अवलोकन भ्रमण, लगायतका कार्यक्रमको लागि १ करोड २६ लाख ९० हजार रकम बिनियोजन गरेको छ ।

त्यस्तै गरि मोदी गाउँ पालिका अन्तर्गतका सहकारी अभिलेखिकरण , र अनुगमन का साथै सहकारी मार्फत कृषि बजार प्रवद्धनको नीति लिएको छ।

मोदि गाउँपालिका लाई दुध, अन्डा र मासुमा आत्मनिर्भर बनाइ रोजगारी सृजना गर्ने योजना गाउँपालिका ले अघि सारेको छ। कृषि का लागी उर्वर मानिएको उक्त गाउँपालिकामा सुन्तला जोन, माछा जोन कार्यक्रम का साथै युवा लाइ कृषि मा आकर्षण गर्ने किसिमका कार्यक्रम जस्तै साना सिचाइ कार्यक्रम , कृषक राहत कोष, एक घर एक टनेल कार्यक्रम लाई बढवा दिइएको गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमान सिंह गुरुङले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार