‘हुल बाँदरले अन्नबाली खाइदियाे, सरकारकाे ध्यान जाअाेस्’

काठमाडाैं –

बाँदर अातंककाे समाचार त हामीले बेला बेलामा सञ्चार माध्यम मार्फत जानकारी पाइरहेका छाैँ । अब बाँदर अातंक राेक्नका लागि सांसदले सरकारकै ध्यानाकर्षण गराउन थालेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठककाे शून्य समयमा स्याङ्जा–१ बाट निर्वाचित सांसद नारायणप्रसाद मरासैनीले जिल्लामा बाँदरले अन्नबाली नष्ट गरेकाले समस्याकाे समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

संसद बैठकमा मरासैनीले बाँदरको आतंकबाट नागरिक पीडित भइरहेको र  यसतर्फ सरकरको ध्यान जाअाेस् भनि ध्यानकर्षण गराएका हुन् ।

error: Content is protected !!