मुस्ताङमा स्याउ खेती, वर्तमान अवस्था र भावी सम्भाव्यता

  • 760
  •  
  •  
  •  
  •  
  •  
    760
    Shares

जनार्जन अधिकारी र शम्भुप्रसाद देव

समुन्द्र सतहबाट १३७२ देखी ८१६७ मी. को उचाइमा रहेको मुस्ताङ जिल्ला स्याउ खेतिको लागि अत्यन्तै प्रख्यात छ।मुस्ताङ जिल्लामा ८०.६५% जनसङख्या कृषिमा संलग्न रहेको छ।नेपालमा स्याउ खेतीको विकास वि.सं २०१९-२०२१ ( दोस्रो आवधिक योजना ) मा सुरू भएको हो।

मुस्ताङ मार्फामा बागवानी केन्द्र स्थापना भएपछि व्यवसायिक रूपमा स्याउ खेति हुन थालेको हो।जिल्लाको कुल क्षेत्रफल ३६३९५८ हेक्टर रहेको छ, जसमध्य खेती योग्य जमीन ३६३९ हेक्टर (१%), रहेको छ।यस जिल्लाको तापक्रम ९देखि २६ डिग्री सेल्सियस सम्म रहेकोले स्याउ खेतिको लागि अत्यन्त उपयुक्त मानिन्छ।

स्याउ खेतीमा आधुनिकिकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ बि.सं. २०७५ सालमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, स्याउ जोन स्थापना भयो । स्थापना भएसँगै आगामि वर्षमा सित भण्डार गृह, Hi-Tech नर्सरी, उच्च घजत्व स्याउ, स्याउ वाली संरक्षण तथा उत्पादन उपरान्तका कृयाकलाप संबन्धि कार्यक्रमहरू संचालन हुने भएको छ।

बि.सं २०७४ को कृषि डायरी अनुसार नेपालमा स्याउको वार्षिक उत्पादन ८-१० मे. टन प्रति हेक्टर छ र मुस्ताङमा बार्षिक उत्पादन लगभल १३ मे. टन प्रति हेक्टर रहेको छ।स्याउ खेती बारेमा यहाँको कृषकको प्राविधिक दक्षता र रूचि बढेको कारणले पनि हरेक बर्ष स्याउ खेतीको क्षेत्रफल बढिरहेको छ। स्याउ खेतीको लागि उचित तापक्रम, माटो, हावा पानी, भएता पनि मुस्ताङको स्याउलको माग बजारमा अत्यधिक रहेको भएता पनि आपूर्ती गर्न सकेको छैन र विदेशी स्याउहरू बजारमा व्याप्त छन्।

बजार व्यवस्थापनको कमि, बजारीकरण संबन्धि ज्ञान नहुनु र बिक्रिबितरणको लागि बजारको पहुँच नहुनुनै मुस्ताङको स्याउ खेतिमा देखा परेका मुख्य समस्याहरू हुन्।किसानसँग पर्याप्त पूँजी नहुनाले समय नपुगि फल टिपेर बजार पुर्याउन बाध्य हुनु, स्याउको बगैंचानै फल पाक्नुभन्दा दुइ तीन महिना अघि ठेक्कामा दिनु जस्ता समस्याले गर्दा यहाको स्याउले उचित बजार मूल्य पाउन नसकेको र गुणस्तरिय फल उत्पादन हुन नसकेको हो। पोस्टहार्भेष्ट प्रविधि, प्याकेजिङ तरिका, शीत भण्डारको अभावले गर्दा गुणस्तरिय फल बजारमा पुग्न सकेको छैन।

चाइनिज र भारतिय लगायतका विदेशी स्याउ बजारमा पुग्दा ग्रेडिङ भएर एकैनासको फल उपलब्ध हुने गर्छ।हेर्दै आकर्षक, उन्नत पोस्टहार्भेष्ट प्रविधि र राम्रो र्प्याकेजिङ तरिकाले गर्दाविदेशी स्याउको वजार र मूल्य बढी छ।पोस्टहार्भेष्ट प्रविधि, प्याकेजिङ तरिका, सीत भन्डारको व्यवस्था तथा ग्रेडिङमा ध्यान दिन सके मुस्ताङको स्याउले विदेशी स्याउहरूको आयात प्रतिस्थापन गरी राम्रो वजार र मूल्य पाउने निश्चित छ।

म्याग्दि कोराला सडक खण्ड बिस्तारको कार्यक्रम अघि बढेसँगै स्याउ ढुवानी र वजार व्यवस्थापनमा सहज हुने देखिन्छ।त्यसको अलावा जलवायू परिवर्तनले गर्दा पनि बिभिन्न रोग किराहरूको प्रकोप बढ्दो देखिन्छ।स्याउ खेती हुने क्षेत्र पनि उत्तरी/उच्च भेगमा सर्दै गएको पाइन्छ।त्यसैले जलवायू परिवर्तनसँग लड्नसक्ने जातको विरूवा, उच्च घनत्व स्याउ खेती, नयाँ वर्णसंकर जातको विरूवा लगाउन सके कृषकहरूमा र समग्र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने छ।

लेखकद्वय जनार्जन अधिकारी र शम्भुप्रसाद देव प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, स्याउ जोन, मुस्ताङमा कार्यरत हुनुहुन्छ ।


  • 760
  •  
  •  
  •  
  •  
  •  
    760
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here