नापाको दोस्रो अन्तराष्ट्रिय सम्मेलनको तयारी तिव्र

  • 31
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

अमेरिका । ‘ कृषिमा परिवर्तन मार्फत विश्व खाद्य सुरक्षा ’ भन्ने नाराका साथ नापाको दोस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सेप्टेम्बर २५ देखी २८ सम्म हुने भएको छ । सम्मेलनमा विभिन्न विधाका १६१ बैज्ञानिकको विशेष प्रस्तुती रहने नापाले जनाएको छ ।
सम्मेलनमा नापाको रणनितिक छलफल, कृषि उद्यमी बिच अन्तरक्रिया तथा कृषिका विद्यार्थी लक्षित कृषि सम्बन्धी निवन्ध र कविता प्रतियोगिता समेत हुने नापाले जनाएको छ । सम्मेलनमा ४०० बढीले सहभागीता जनाउने नापाको विश्वास छ । जसमा अमेरिका, नेपाल, अष्ट्रेलिया, क्यानडा, बेनिन रिपब्लिक, मोरक्को देशहरुबाट ८४ संस्थाको प्रतिनिधित्व हुनेछ ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीको विशेष सम्बोधन रहने नापाले जनाएको छ । सन २०१६ मा स्थापना भएको नापामा अहिले ४०० बढी सदस्य रहेका छन् । नापाले नेपालको कृषि क्षेत्रको विकासको लागी कृषि शिक्षण, अनुसन्धान, विस्तार तथा नीति निर्माणमा महत्वपूर्ण काम गर्दै आएको छ ।


  • 31
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares
error: Content is protected !!