नार्कको भूमिका प्रभावकारी भएन : कृषि मन्त्री खनाल

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषद नार्कको भूमिका प्रभावकारी नभएको आरोप लगाउनुभएको छ ।

मन्त्री खनालले नार्कमा योग्य वैज्ञानिकहरु भएपनि किसानले प्रभावकारी सेवा पाउन नसकेको बताउनुभएको हो । मंगलबार खुमलटारस्थित नार्कको कार्यलयमा भएको कार्यक्रममा मन्त्री खनालले कृषि विज्ञहरुले गरेको अध्ययनको निचोड किसानको पँहुचमा पुग्न नसकेको टिप्पणी गर्नुभयो । विषय विज्ञहरुले गरेको अनुसन्धानलाई किसानले प्रभावकारी रुपमा प्रयोग गर्न नसकेको मन्त्री खनालको भनाइ थियो ।

नार्कले विभिन्न जिल्लाबाट २० जना किसानलाई आधुनिक खेतीको बारेमा प्रयोगात्मक जानकारी गराउने जनाएको छ । देशभरका विभिन्न कृषि समुहबाट छनौट गरिएका किसानलाई नार्कले २० दिने तालिम दिने जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!