सकियो १२ औं बागवानी सम्मेलन, ३९ वटा कार्यपत्र प्रस्तुत

  • 301
  •  
  •  
  •  
  •  
  •  
    301
    Shares

काठमाडौं । राष्ट्रिय आलु तरकारी तथा मसलावाली विकास केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र  र नेपाल बागवानी समाजको संयुक्त आयोनामा सञ्चालित १२ औं राष्ट्रिय बागवानी गोष्ठी  सम्पन्न भएको छ ।

उक्त गोष्ठी फागुन २० र २१ गते समशितोष्ण वागवानी केन्द्र, कीर्तिपुर, काठमाडौंमा भएको थियो । दुई दिनसम्म चलेको गोष्ठीमा बागवानी जन्य बालीहरु (फलफूल, तरकारी तथा पुष्प) को अध्ययन, अनुसन्धान तथा प्रसारमा भए गरेका कामहरु समेटेर तयार पारिएका ३९ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।

“Post COVID Horticulture for Food and Nutrition Security” भन्ने नाराका साथ सम्पन्न गोष्ठीमा कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि विभागका महानिर्देशक डा. गोविन्द प्रसाद शर्मा, आ. त. म. वि. के. का केन्द्र प्रमुख  वासुदेव काफ्ले, रा. फ. वि. के. का केन्द्र प्रमुख डा. शान्ता कार्की तथा अन्य अध्ययन, अनुसन्धान तथा प्रसारमा संलग्न करिव २०० बागवानी विद्हरुको सहभागिता रहेको थियो ।


  • 301
  •  
  •  
  •  
  •  
  •  
    301
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here