प्रकृतीको लिला : किसानले लगाएको पाँच करोड बराबरको बाली नष्ट

  •  
  •  
  •  
  •  
  •  
  •  

पाल्पा, वैशाख २२ –

पाल्पाको तानसेन नगरपालिकाभित्र असिनाले ५ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ । असिनाले नगरपालिका भित्रको मकै, तरकारी, सुन्तला, काफल, र लिची पनि नष्ट गरेको छ ।

किसानहरुले बेमौसमी काक्रो, करेला, सिमी, लौका, भान्टा, टमाटर, खुर्सानी, बोडी , बन्दा काउली, प्याज लसुनको व्यबसायिक खेती गर्दै आएका थिए ।

किसानले २ सय हेक्टर क्षेत्रफलमा लगाएको १ हजार ६ सय मेट्रिक टन तरकारी नष्ट भएको कृषि विकास कार्यलयले जनाएको छ । बाली नष्ट भएपछि व्यबसायिक रुपमा तरकारी खेती गर्दै आएका मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गलीका किसानहरु निरास बनेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!