नेपालगन्ज खुल्ला दिसामुक्त घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके, असार २४ – पाँच वर्षको प्रयत्नपछि अन्ततः नेपालगन्ज उपमहानगरपालिका शनिबारदेखि खुल्ला दिसामुक्त भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडालाई खुल्ला दिसामुक्त गरेपछि आज यहाँ आयोजित समारोहमा नगर प्रमुख डा धवलशम्शेर राणाले नेपालगन्ज खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो ।

नेपालगन्जलाई खुल्ला दिसामुक्त घोषणा गरिएसँगै नगर प्रमुख राणाले १३ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गर्नुभएको छ । नगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईंका अनुसार उपमहानगरपालिकाका २३ हजार ३२८ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा प्रदेश नं ५ का सदस्य मोहम्मद याकुब अन्सारीले नेपालगन्जको फोहर व्यवस्थापनमा नगरवासीले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा नगर उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङलगायत वक्ताले बोल्नुभएको थियो । कार्यक्रममा नेपालगन्जलाई खुल्ला दिसामुक्त बनाउने अभियानमा सहयोग पु¥याउने व्यक्ति र संघ, संस्थालाई सम्मानित गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!