भोलि हैन अहिले नै प्रण गराैं : समृद्धिको यात्रामा सँगसँगै

  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालको अर्थतन्त्रमा कृषि सबैभन्दा बढी जनसंख्या आश्रित रहेको क्षेत्र हो। कृषिले नेपालको कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान र जीडीपीमा करिब ३३ प्रतिशत योगदान छ । कृषिनेपालको परम्परागत आर्थिक आधार हो । ३० वर्ष अघिको अवस्था हेर्ने हो भने कुल जनसंख्या को ९०.५ प्रतिशत जनसंख्या कृषिमा आश्रित थियो । नेपालको जनगणना, २०६८ का अनुसार कृषि क्षेत्रमा ७३.५ प्रतिशत श्रमशक्ति काम गरिरहेका छन ।

कृषि नेपालमा रोजगारीको मुख्य आधार समेत बनेको छ । बहुसंख्यक मानिसहरू कृषि पेशामा आवद्ध छन । यो हकदार व्यवसायको रूपमा समेत रहेको छ । कृषि योग्य भूमि कृषक परिवारको अचल सम्पत्तिका रूपमा रहेको छ । ७३.५ प्रतिशत मानिस काम गर्ने क्षेत्रमा यो अनुपात भने न्यून हो । यसबाट के देखिन्छ भने कृषि व्यवसाय अंगाल्ने हरूमा गरिवीको मात्रा बढी छ । फेरी ८३.५प्रतिशत मानिसहरू ग्रामीण भेगमा बस्ने र ती मध्ये अधिकांशको पेशा कृषि नै रहेको छ । गरिवीको मात्रा गाउँमा बढी भएको तथ्यले पनि कृषि व्यवसायीहरू बढी गरीव छन भन्ने देखिन्छ ।

कृषि क्षेत्र को संचालन परम्परागत ढंगबाट हुँदै आएको छ । नयाँ कृषि प्रविधिको विकास हुन सकेको छैन । नेपालमा अब कृषि उत्पादन अभिवृद्धि गर्न पूर्वाधार विकास जरुरी छ । कृषिलाई सिंचाई सुविधा महत्वपूर्ण छ । करिव १८.५प्रतिशत खेतियोग्य भूमिमा मात्र सिंचाई सुविधा पुगेको छ । ग्रामीण सडकहरूको विकास अझै महत्वपूर्ण पक्ष हो । यसैगरी कृषि वजारको विकासले कृषि क्षेत्रको समग्र विकासमा योगदान गर्दछ । तर कृषिका पूर्वाधारहरू पर्याप्त हुन सकेका छैनन् ।परम्परागत खेतीवाली र पशुपालनमा आधारित रहेको छ कृषि क्षेत्र । भौगोलिक अवस्थिति अनुसार कृषिको विविधकरण हुन सकेको छैन । कृषिमा बहुखेती प्रणाली, नगदेवालीको उत्पादन, फलफूल खेती, पशुपंक्षी पालन जस्ता क्षेत्रले ठूलो योगदान दिन सक्छ ।

विश्वमा भईरहेको जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढी असर पारेको छ । नेपाल जस्तो अति कम विकसित राष्ट्रले वातावरणीय दुस्प्रभावबाट बच्ने असरहरूलाई न्यून गर्ने उपाय अवलम्बन गर्न नसक्दा यस्ता असरहरू बढी हुने खतरा रहन्छ ।नेपालको विकास योजनाहरूमा कृषि जहिले सुकै प्राथमिकताको क्षेत्रमा परेको देखिन्छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरालाई सबै जसो योजनाहरूले जोड दिएका छन । आर्थिक समृद्धिको आधार कृषिलाई नै मानेको भएपनि कृषिको आधुनिकिकरणमा सरकार अनी कृषक कसैको पनि ध्यान जान सकेको छैन् ।

कृषि प्रवद्धन र आधुनिकिकरणका लागि विभिन्न सरकारी तथा गैह्रसरकारी क्षेत्रका संघसंस्थाले पनि काम गरिरहेका छन् । विडम्बना सरकारको प्रमुख प्राथमिकता र बहुसंख्यक संघसंस्थाले काम गरिरहेको नेपालमा दिनप्रतिदिन कृषिमा आवद्ध हुने किसान घटदै गएका छन् । कृषि पेसालाई व्यवसायिक बनाउन अझै सकिएको छैन् । आधुनिकताको नारा नारामा मात्र्र सिमित छन् । एनजीओ, आइएनजीका कृषि कार्यक्रम सभाहलको कार्यक्रममा सिमीत छन् । सरकारी र अन्य निकायले ल्याएका कृषि सम्बन्धि कार्यक्रमबाट न त वास्तविक किसान लाभान्वित हुन पाएका छन, न जानकार नै छन।
नेपालमा क्रियाशिल संचार माध्यमको प्राथमिकतामा पनि कृषि पर्न सकेको छैन । कृषिलाई आधार बनाएर आफ्नो दुनो सोझाउन कुनै पनि संचार माध्यम पछि पर्दैनन् तर यसको विकासका लागि कसैले पनि प्रभावकारी काम गर्न सकेका छैनन् । नागरिक स्तरबाट पनि कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण बनाउन कुनै पनि पहल भएको पाइदैन् ।
समृद्धिको ठूलो महत्वकांक्षाका साथ अहिले नेपाल संघीयतामा गइसकेको छ ।

समृद्ध सबैको चाहना हो र आम नेपालको आवश्यकता पनि । केन्द्र सरकारले समृद्धिको लागि कृषिलाई मुख्य आधार मानेको छ । देशमा राजनैतीक स्थिरता पनि कायम भएको छ र स्थानीय तहसम्म जनप्रतिनिधि निर्वाचित भएका छन । यदी नेपाललाई समृद्ध बनाउने हो भने अहिलेको जती अनुकुल समय कहिल्यै पनि आउँदैन । यो समयलाई सबै जनाले बुझ्नु जरुरी रहेको छ र आफ्नो कामको प्राथमिकता निर्धारण गरेर आजैको दिन देखि कामको थालनी गनुपर्ने समय भोली हैन आजै हो ।

नेपालको कृषि क्षेत्रमा पत्रकारिताको माध्यमबाट भए पनि सानो सहयोग गर्ने र समृद्ध नेपाल निर्माणको बाटोमा सँगसँगै हिडने लक्ष्यका साथ आजैको दिन देखि हामी पनि कृषि डेली डट कम नामक कृषि अनलाइन पत्रिका लिएर हजुरहरुको माझमा आएका छौ । आशा छ हजुरहरुको पूर्ण सहयोग पाउने छौ । हामी सामान्य किसान र सरकारकोबीचमा पुलको काम गर्न चाहन्छौ । यो यात्रामा तपाई सबैले सहयोगको अपेक्षासहित नयाँ वर्ष २०७५ सालको शुभकामना व्यक्त गर्न चाहन्छौ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!