काठमाडौं । सरकारले कृषि बिमाको दायरा विस्तार गर्ने भएको छ ।
विपन्न किसानलाई सहुलिय ॠण र परिचयपत्र दिने भएको छ । संसदमा नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने बताए ।
व्यावसायिक खेतीमा बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण र बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गर्ने सरकारले जनाएको छ ।