रैथाने बालीको संरक्षणमा लाग्दै ज्ञान केन्द्र पर्वत

  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

कृषि ज्ञान केन्द्र पर्वतले रैथानी बालिको संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याउने भएको छ । ज्ञान केन्द्रले गरेको प्रगति सार्वजनिक गर्नका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइमा केन्द्रले यस्तो बताएको हो ।

ज्ञान केन्द्रले कृषिको व्यवसायिकरण, आधुनिकीकरण, प्रविधिमा जोड दिँदै किसानको मागका आधारमा विभिन्न कार्यक्रम ल्याउने जनाएको छ । अनुदान, तालिम, स्थलगत अनुगमन, पकेट, ब्लक तथा साना व्यवसायिक फर्म स्थापना, नर्सरी स्थापना, यान्त्रिक उपकरण वितरण लगायतका कार्यक्रम ज्ञान केन्द्रले यो वर्षको कार्यक्रममा राखेको छ । चालु आर्थिक वर्षमा केन्द्रले क्षेत्रफलमा आधारित उत्पादन, कृषि उपज संकलन केन्द्र स्थापना , रैथाने बाली संरक्षण कार्यक्रममा पनि जोड दिएको बताएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्षमा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगती गरेको जनाएको छ । ज्ञान केन्द्रलाई संघीय सरकारको शसर्त अनुदानमा २ करोड ५६ लाख ४५ हजार र प्रदेश सरकारको कार्यक्रम अन्र्तगत ७ करोड ५१ लाख रुपैयाँ आएको थियो ।

केन्द्रले दुबै सरकारबाट आएको ९ करोड ६१ लख ५५ हजार रुपैयाँको बजेट स्विकृत गरेको थियो । यसमा चालु तर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगत तर्फ २ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

कार्यालयका अनुसार संघीय अनुदानको ९३.३१ प्रतिशत र प्रदेश तर्फको ८५.५१ प्रतिशत खर्च भएको छ ।


  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
error: Content is protected !!