मुख गन्हाउने र छालासम्बन्धि समस्या छ ? पुदिना अचुक औषधि हो

काठमाडौं – पुदिना हामी सबैको घर वरिपरी पाइने एक प्रकारको जडिबुटी हो । प्राय हामी यसलाई चटनी बनाएर खानको लागि प्रयोग गर्ने गर्दछौ । सर्वसुलभ रुपमा पाइने पुदिनाको चटनी निकै स्वादीलो हुन्छ । पुदिना यस्तो अचुर्ण जडिबुटी हो की यसको सेवनले हाम्रो शरिरमा भएका धेरै रोगहरुलाई निमूल पार्न सक्छ ।

यी रोगको लागि पुदिना अचुक औषधि हो

रुघा लागेको समयमा पुदिना सेवन गर्दा यसले रुघार्ला निको पार्न मद्दत गर्दछ । रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ ।

बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ ।

शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

महिनावारी गडबढी भएको समयमा पनि पुदिनाको रस खानाले राम्रो हुन्छ ।

पखाला लाग्दा पुदिना, प्याज र कागतीको रस बनाएर खानाले यसले रोक्न मद्दत गर्दछ ।

मुख गन्हाउने समस्या भएकालाई यो अचुक औषधि हो ।

पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाको सेवनबाट गर्मी हुनबाट पनि बच्न सकिन्छ ।

error: Content is protected !!