सहकारीमार्फत कृषिको आधुनिकीकरण सहज

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ललगायत तीन सहकारीकर्मीलाई आज नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले
सरकारले भूउपयोगसम्बन्धी नीति बनाएर कृषि उत्पादन वृद्धि गर्ने र सहकारीमार्फत सामूहिक खेतीको अवधारणा ल्याइने बताउनुभयो ।

संविधानसभामा नेपाली काँग्रेसका तर्फबाट सभासद् रहनुभएकी मल्लले ‘काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातावरण भएकाले’ आफू नेकपामा प्रवेश गरेको बताउनुभयो ।

मल्लका साथमा सहकारीकर्मी विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेल, स्थायी समिति सदस्य विष्णुप्रसाद रिमाल, केशवप्रसाद वडाललगायतको उपस्थिति थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!