धान-गहुँ खेतीमा पोटासियमयुक्त मल थप्न सिफारिस

  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपालमा खेती गरिने धान–गहुँमा साबिकको तुलनामा पोटासको मात्रा डेढ देखि दुई गुणाले बढाउनुपर्ने एक अध्ययनले देखाएको छ । राष्ट्रिय माटो अनुसन्धान केन्द्र, नार्कका बैज्ञानिकहरुले गरेको एक अनुसन्धानमा नेपालको माटोमा पोटासको मात्रा निकै कम भएको देखाएको हो ।

बाली–विरुवाको बृद्धि विकासका लागि नाइट्रोजन, फस्फरस, पोटासँगै अन्य १४ तत्वको आवश्यकता पर्ने भए पनि नेपालमा पोटासको प्रयोगमा ध्यान नदिएको पाइएको छ । रासायनिक मलको प्रयोगमा किसानलाई प्रोत्साहन कार्यक्रम ल्याउँदा किसानले बालिमा पोटासको मात्रा प्रयोग बिर्सदै गएको अध्ययनले देखाएको छ । नेपालमा वि.सं. २०३२/३३ मा धान र गहुँ बालीमा पोटासको मात्रा प्रति हेक्टर ३० किलोका दरले प्रयोग गर्न सुझाव दिएको थियो ।

तर, विगत ४४ वर्षदेखि पोटास मलको प्रयोग र प्रभावका बारेमा कुनै पनि अध्यावधिक नभएको पाइएको छ । पछिल्लो समयमा सरकारले पोटासको सिफारिसलाई कम महत्व दिनु मल वितरणमा नाईट्रोजनजन्य मललाई मात्र प्राथमिकता दिनु, र किसानले गाई–भैसीको गोबरमल बाहेक पोटास युक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयिकरण भई हाल बालीनालीमा पोटासका कमीका लक्षणहरु देखा पर्न थालेको अध्ययनले देखाएको छ ।

यस समस्यालाई बेलैमा पहिचान गरि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले सन् २००९ देखि २०१४ सम्म पहाड, तराई, र भित्रि–मधेसमा धान–गहुँ बाली प्रणालीमा पोटासको अनुसन्धान गरेको हो । अनुुसन्धानमा रास्ट्रिय माटो अनुसन्धान केन्द्र, नार्कका बैज्ञानिक रोशनबाबु ओझा (एस–१), शोभा श्रेष्ठ (एस–१), यज्ञगझाधर खड्का (एस–४) र अमेरिका स्थित टेनेसी–नक्स्भिल विश्वविद्यालयका माटो बैज्ञानिक दिनेश पाण्डेको सहभागिता रहेको थियो ।


  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here