आलुबाटै वार्षिक १२ करोड आम्दानी

  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख – सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकाका कृषकले आलुबाट मात्रै वार्षिक १२ करोड आम्दानी भित्र्याउने गरेका छन् ।

आलुको हब बनेको गुराँस गाउँपालिकाले पनि अहिले कृषकलाई आलु खेतीमा जोड दिँदै आएको छ । आलुले गाउँपालिकाको परिचय नै फेरिएको छ ।

परम्परागत रूपमा आलु खेती गर्दै आएका कृषकलाई आधुनिक प्रविधि र गाउँमा उन्नत बीउ उत्पादन गर्ने अभियानमा गाउँपालिका जुटेको छ । आलुबाटै कृषकको आर्थिक समृद्धि हासिल गर्न सकिने उद्देश्यका साथै लागेको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताउनुभयो ।

गुराँस गाउँपालिकाका चार हजार १०० घरधुरीमध्ये अहिले एक हजार २०० घरधुरीले व्यावसायिक आलु खेती गर्दै आएका छन् । आलु खेतीलाई व्यावसायिक रूपमा विस्तार गरी दुई हजार ५०० घरधुरीसम्म पु¥याउने योजना गाउँपालिकाले बनाएको छ ।

आलुलगायतका तरकारी उत्पादन हुने यस गाउँपालिकाका कृषकले यसबाट मात्रै वार्षिक १२ करोडभन्दा बढी आम्दानी गरेका छन् । गाउँपालिकाको झण्डै आधा किसानलाई आलु खेतीमा लगाउने महìवकाङ्क्षी योजना सफल भएमा गाउँपालिका मात्रै होइन सिङ्गो जिल्लालाई नै आलुमा आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो । -गोरखापत्रबाट


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here