चितवनमा कुखुराको उत्पादन घट्यो

चितवन । गर्मी बढेसँगै चितवनमा कुखुराको उत्पादन घटन् थालेपछि किसानहरु चिन्तित बनेका छन् । आर्थिक मन्दीसँगै कुखुराको उत्पादन लागत बढिरहेको समयमा गर्मी महिनामा कुखुरा पालनको लागि उपयुक्त नहुने भएकोले उत्पादन घट्न गएको हो । उत्पादन घटेसँगै चितवनका कुखुरापालक किसान थप समस्यामा परेका हुन् ।

उत्पादन घटेसँगै बजारमा कुखुराको मासुको मूल्य केही बढ्न गएको छ । अहिले होलसेल मासु पसलमा कुखुराको मासुको मूल्य प्रतिकेजी ३९० देखि ४०० रुपैयाँसम्म रहेको छ । चैत महिनाभरी मूल्य घट्दै गएर जिउँदो कुखुराको मासु प्रतिकेजी २०० रुपैयाँमा आइपुगेको थियो । अहिले मूल्य केही बढेर जिउँदो कुखुरा प्रतिकेजी २५० देखि २६० रुपैयाँ निर्धारण भएको छ । त्यो पनि खरिद गर्नेहरुले कुखुराको साइज हेरेर मूल्य दिने गरेका छन् ।

आर्थिक मन्दी, बैँकको बढ्दो ब्याजदरसँगै कुखुरा पाल्ने किसानहरु हरेक दिन समस्यामा पर्दे गएको व्यवसायी बताउँछन् । बैँकले एक करोडको व्याज सात लाखबाट बढाएर १५ लाख बनायो । खसीको मासुको मूल्य २०० रुपैयाँ प्रतिकेजीबाट एक हजार २०० पुग्यो तर सो अनुपातमा कुकुराको मासुको मूल्य बढ्न नसक्दा किसान समस्यामा परेका छन् ब्यवसायी भन्छन् ।

विशेष त गर्मीमा कुखुराको तौल कम हुने र कुुखुराले दाना नखाने जस्ता समस्या देखिन्छ । गर्मीको कारणले विभिन्न रोगको प्रकोप फैलनुका साथै कुखुराको ढुवानी गर्दा पनि समस्या हुने व्यवसायी सुमन जोशीले जानकारी दिए। अहिले कुखुराको मासुको खपत दैनिक ५ लाख केजी भन्दा बढी छ । सामान्य समयमा दैनिक ८ लाख केजी मासु खपत हुने गरेको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here