प्रदेश तीनको विकास कृषिबाट : मन्त्री लामा

प्रदिप पौडेल/चितवन 

चैत ४ – प्रदेश नम्बर ३ का भूमिसुधार कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रदेश नम्बर ३ को आर्थिक उन्नती को आधार कृर्षि तथा पशुपंक्षी रहेको बताउनुभएकाे छ ।

चितवनको भरतपुरमा नेपाल पोलीटेक्नीक कलेज अनेरास्वियू क्याम्पस कमिटीले आयोजना गरेको नब आगन्तुक विद्यार्थीलार्इ स्वागत र पूराना विद्यार्थीलार्इ बिदार्इ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

कृषि क्षेत्रको विकासका लागि समुदायमा आधारित खेती प्रणाली अपनाउने र अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश नम्बर ३ ले माटो सुहाँउदो खेती प्रणालीको अवधारणा र खेतीयोग्य जमिनलााई चक्लाबन्दी गराउने, समुदायमा आधारित खेती प्रणालीलाई प्राथामिकतामा राख्ने, कृषि क्षेत्रमा भएको निरुत्साहलाई उत्साहमा परिणत गर्ने किसिमका कार्यक्रम ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।

कृषि क्षेत्रमा विशेषज्ञ हासिल गरेका विद्यार्थीलाई नेपालमा नै रोजगारीको सिर्जना गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा कृषि तथा बन विज्ञान बिश्वविद्यालय रामपुरकी सहायक डीन डाक्टर कल्याणी मिश्र त्रिपाठीले विद्यार्थीले अध्ययन गरेकाे कुरा व्यबहारमा उर्तानु पर्नेमा जोड दिनुभयाे ।

कार्यक्रम नेपाल पोलीटेक्नीक कलेज अनेरास्वियू क्याम्पस कमिटी अध्यक्ष समुन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Comments are closed.

error: Content is protected !!