चाउरिएको मरिचको पाेटिलो व्यापार ! टनका टन आउँछ, लुसुक्क हराउँछ

  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, वैशाख १२ –

कुनैबेला सुपारी फल्ने पूर्वी बजारमा अहिले सुपारी फल्न छोडेको छ । जसले सुपारी फलाउँथे अहिले उनीहरु मरिच फलाउन थालेका छन् । किसानलाई जस्तो फसल निकाल्न व्यापारीलाई कठिनाई छैन । जतिबेला जे फलाउँदा फाइदा हुन्छ त्यही फलाउँछन् यहाँका व्यापारिहरु । अहिले चाउरी परेको मरिचको स्वादिलो व्यापार चलिरहेको छ । त्यति ठूलो परिमाणमा आयात भएको मरिच कसले खायो होला तेस्रो मुलुकबाट नेपालमा पछिल्लो एक वर्षको अवधिमा निकै ठूलो परिमाणमा मरिचको आयात भएको छ ।

अघिल्लो वर्षको तुलनामा आयात ३५ सय प्रतिशतले वृद्धि भयो । आन्तरिक खपतका लागि यस क्षेत्रमा विगत वर्षहरुमा ५० हजारदेखि ६० हजार किलो मरिच आयात हुँदै गरेको थियो । तर यो वर्ष एकाएक बढेर २१ लाख २२ हजार किलो मरिच विराटनगर मात्र भित्रियो । आयात भयो तर कहाँ गयो रु २०७३ साउनदेखि चैत मसान्तसम्म ९ महिनामा विराटनगर भन्सारमार्फत ६१ हजार ४ सय ५६ किलो मरिच आयात भएको थियो । तर त्यसको ठिक एक वर्षपछि २०७४ साल साउनदेखि चैत मसान्तसम्मको ९ महिने अवधिमा २१ लाख २२ हजार १ सय ९८ किलो मरिच विराटनगर भन्सार नाकाबाट मात्र भित्रिएको छ ।

बढिमा १ लाख किलो आन्तरिक खपत भएको मान्ने हो भने पनि २० लाख किलोभन्दा बढी मरिचको कुनै हिसाव छैन । देशभरको कुनै पनि भन्सारबाट मरिच निर्यात भएको तथ्यांक छैन । विराटनगर भन्सार कार्यालयले कानुनी तवरबाट मरिच निर्यात नभएको बताएको छ । यसबाट सहज अनुमान गर्न सकिन्छ कि मरिच तस्करी भएर अहिले भारतीय बजारमा पुगिरहेको छ । किन फस्टायो मरिचको धन्दा रु श्रीलङ्काबाट मरिच आयात गरिरहेको भाारतले पछिल्लो समय आयात बन्द गरेको छ ।

आयात घटाउन उसले भन्सर महशुलमा चर्को वृद्धि गरेको थियो । जसले गर्दा भारतमा मरिचको आयात अत्यन्त न्यून भएको छ । संसारको सबैभन्दा धेरै मरिचको खपत हुने देश भारत, चीन, पाकिस्तान, बंगलादेश र नेपाल पर्दछन् । धेरै जनसंख्या भएका कारण भारत र चीन मरिचको प्रमुख बजार हुन् । संसारमा सबैभन्दा धेरै मरिच उत्पादन गर्ने भियतनाम मरिचको प्रमुख निर्यातकर्ता हो ।

भारतको आसाम राज्य लगायतका क्षेत्रमा पनि पछिल्लो समय मरिचको उत्पादन वृद्धि भइरहेकोले भारतले आन्तरिक उत्पादन प्रवद्र्धन गर्नका लागि भन्सार महशुलमा भारी वृद्धि गरेको हो । न्युन भन्सार महशुलको करामत भारतको उत्पादनले बजारको माग पूरा गर्न नसकिरहेको बेला केही नेपाली व्यवसायीले न्युन भन्सार महशुलको फाइदा उठाउँदै मरिच आयात बढाएका हुन् । गैह्रकानुनी तवरबाटै मरिच भारत जाने गरेको व्यवसायीहरुले सहर्ष स्वीकार गर्ने गरेका छन् ।

मरिच आयात गर्दै आएका विराटनगरका व्यवसायी खेमचन्द लालवानी आयातकर्ताले अयात गरेको सामान थोक तथा खुद्रा व्यापारीले खरिद गरेर लैजाने र अन्तन त्यो भारतीय बजारमा पुग्ने बताए । उनले भने, ‘नेपाल र भारतको १४ सय किलोमिटर खुला बोर्डरबाट धेरै वस्तु अनौपचारिक आयात र निर्यात हुने गरेको छ, मरिचमा पनि भएको त्यहि हो ।’ नेपालमा मरिच आयात गर्दा ५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट तिर्नुपर्छ । पछिल्लो ९ महिनाको अवधिमा तेस्रो मुलुकबाट ८९ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको मरिच आयात भएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ । त्यसबाट १६ करोड ८६ लाख ८१ हजार रुपैयाँ भन्सार महशुल अशुली भएको छ ।

अघिल्लो वर्ष मरिचबाट ९१ लाख रुपैयाँ भन्सार अशुली भएको थियो । अहिले अन्तराष्ट्रिय बजारबाट प्रति मेट्रिक टन ३ हजार ५ सय डलरमा मरिच आयात भइरहेको छ । साउन भदौमा ६ हजार डलरमा आयात भएको मरिचको अन्तराष्ट्रिय मूल्य निरन्तर घटेर ३ हजारसम्म पुगेको थियो । भन्सारले भने ७ हजार डलर सन्दर्भ मूल्य निर्धारण गरेर महशुल अशुली गर्दै आएकोमा अहिले त्यसलाई घटाएर ३ हजार ७ सय डलर निर्धारण गरेको छ ।

आयात गर्नेले होइन थोक र खुद्रा व्यापारीले गर्छन् तस्करी विराटनगरमा अरिहन्त मङ्गलम इन्टरप्राइजेज, बजरङ्ग इन्तरप्राइजेज, तिरुपति टे«ड लिंक, सिद्धासिद्धी इन्टरप्राइजेज, ए वान कन्सर्न, विकास ट्रेडिङ सेन्टर, सुर्या इम्पोर्ट एक्सपोर्ट आदि फर्म मार्फत व्यवसायिहरु शंकरलाल अग्रवाल, नन्दकिशोर राठी, मुलचन्द राठी, हेमराज दुगढ, खेमचन्द लाललावनी लगायतले मरिच आयात गर्ने गरेका छन् । यसरी आयात भएको मरिच काकडभिट्टा, बिरगंज, भैरहवा नाकाबाट बढी र विराटनगर लगायतका नाकाबाट औषतमा तस्करी भइ भारत जाने गरेको छ ।

अनौपचारिक रुपमा भइरहेको व्यापार रोक्ने हो भने सरकारले मरिचको भन्सार महशुलमा छ गुणाले वृद्धि गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायी लालवानीले भने, ‘मरिचको आयात नियन्त्रण गर्ने हो भने भन्सार महशुल ३० प्रतिशत पु¥याउनु पर्छ । तर आर्थिक वर्षको बीचमा होइन बजेटमै । बीच बीचमा महशुल परिवर्तन गर्दा आयातकर्ताहरुलाई समस्या हुन्छ ।’ सरकारले आयात गर्ने अनुमति दिएका कारण मरिच आयात गरि कारोवार गर्नु नेपालमा अवैध धन्दा मानिदैन ।

तर सरकारले कति आवश्यक छ र कति आयात गर्न दिने भन्ने नीति नबनाएका कारण जति परिमाणमा पनि आयात गर्न सक्ने अवस्था छ । आयात कानूनी भएपनि त्यसको निर्यात भने गैह्रकानुनी तवरबाट भइरहेको छ । नेपाल आएको मरिच भारत पुगेको छ, तर कुन बाटो र कसरी भन्ने जानकारी राज्यसँग छैन । जसले ल्याउँछ उसले निर्यात गरेको छैन ।

ल्याउनेले नेपालकै थोक तथा खुद्रा व्यापारिलाई बिक्री गर्ने गरेका छन् । उनीहरुले कसरी भारत पु¥याउँछन् वा के गर्छन् आयातकर्ताको टाउको दुखाईको विषय बनेन । यसरी नै चाउरी परेको मरिचको स्वादिलो व्यापार चलेको छ । – समााचार दैनिकबाट


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!