लोकसेवा आयोगमा सफल हुने १० टिप्स

  •  
  •  
  •  
  •  
  •  
  •  

के तपाईहरु लोकसेवा आयोगबाट लिइने परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि गरिरहनुभएको छ भने सरकारी जागिर खाने आफ्नो जीवनको अभिष्टलाई पूरा गर्ने तपाइको इच्छासँग हामी सहकार्य गर्न गइरहेका छौ । हाम्रो पहिलो प्रयास स्वरुप तपाइहरुलाई आज लोकसेवामा नाम निकाल्न सफल विभिन्न विधाका सफल योद्धासँगको छलफल पछि लोकसेवा तायरीका लागि केही टिप्स दिन गइरहेका छौ ।
लोकसेवा तयारीका लागि यसरी पढ्ने ?

१. लोकसेवा तयारी पहिला आफ्नो लक्ष किटान गर्नुहोस । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्षका साथ पढ्न थाल्नुहोस । एकैचोटी धैरै तिर हात नहाल्नुहोस।

२. कसैको दबाबमा नपढ्नुहोस । पढ्ने कुरालाई मन देखिनै जागृत गर्नुहोस । आफुलाई त पढ्न मन थिएन तर परिवार वा आफन्तको लागि पढिदिएको भन्ने लाग्छ भने यतातिर हात हालेर समय बर्बाद नगर्नुहोस ।

३. सधै सकरात्मक हुनुहोस । असफल हुँदैमा नआत्तिनुहोस । प्रयास गर्ने मान्छै नै असफल हुने हो भन्ने कुरा सोच्नुहोस । धेरैचोटी असफल भएर पनि पछि सफल भएका विश्वविख्यात व्याक्तिहरुको जीवनीलाई आत्मसात गर्नुहोस ।

४. पढेरमात्रै लोकसेवा पास गर्न सकिदैन । सबै कुरा मिल्नुपर्छ । पहिलोचोटि मै सफल नहुन पनि सकिन्छ । त्यसैले, धैर्यताको बाँधलाई टुट्न नदिनुहोस ।

५. पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्नुहोस । बजारमा गुणस्तरिय भन्दा पनि प्रचारमुखी सामाग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री चयन गर्नुहोस ।

६. सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस । नोट बनाउदा धैरै सामाग्री हेरेर बनाईन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ । परीक्षाको समयमा आफ्नै नोट पढ्नुहोस ।

७. समसामयिक बिषयमा अपडेट हुनुहोस । समसामयिक को लागी छुट्टै नोट तयार गर्नुहोस । कम्तीमा पनि दिनको दुईवटा राष्ट्रिय स्तरको पत्रिका पढ्ने , राष्ट्रिय स्तरको रेडियोको समाचार सुन्ने, सरकारी निकायहरुले निकालेका प्रतिवेदनहरु हेर्ने बानी बसाल्नुहोस ।

८. कोचिङ सेन्टरको मात्रै भर नपर्नुहोस । कोचिङ सेन्टर गाईडलाईन मात्रै हुन । त्यहाँ पढेको कुरो नै परीक्षामा आउँछ भन्ने हुँदैन । त्यसैले कम्तिमा एकचोटी कोचिङ गएर पढ्ने आधार बनाउनुहोस । तर सम्पूर्ण रुपमा भर नपर्नुहोस ।

९. पढ्ने समयतालिका निर्धारण गर्नुहोस । निरन्तर नपढ्नुहोस । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस । बुझेर पढ्नुहोस । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुहोस । पढाईलाई बोझको रुपमा नलिनुहोस ।

१०. सबै विषयलाई उत्तिकै महत्व दिनुहोस । कहिलेकाहि आफूले आउँदैन होला भनेको कुरा नै परीक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्नुहोस ।

हामी आजदेखि लोकसेवा तयारीमा रहेका विद्यार्थीलाई मध्यनजर गरेर विभिन्न सामाग्री प्रकाशनमा लागेका छौ । यो अभियानमा तपाइको साथको अपेक्षा पनि छ । तपाइसँग लोकसेवा आयोगसँग कुनै सामाग्री तथा जिज्ञासा भए हामीलाई पठाउनुहोस ।

तपाइ हामीलाई इमेल krishidaily@gmail.com तथा हाम्रो आधिकारिक फेसबुक पेज https://www.facebook.com/krishidaily1  मार्फत पनि सन्देश पठाउन सक्नुहुनेछ । तपाइको यात्रामा हाम्रो प्रयास सार्थक हुनेछ भन्ने आशाका साथ तपाइहरुको उज्ववल भविष्यको कामना गर्दछौ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!