कला र संस्कृतिको संरक्षणले मात्रै देशको उन्नती

काठमाडौं, जेठ ७ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले भएका संस्कृति तथा कलाको संरक्षण र स्तर उन्नती नभएसम्म देशको समग्र विकास नहुने बताउनुभएको छ ।

पाल्पाली संगम काठमार्डौंले आयोजना गरेको पाल्पाको पर्यटन प्रर्वद्धनका लागि सञ्चार अभियान २०७५ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले सांस्कृतिक सम्पदा ,साहित्य, कला तथा संस्कृतिको विकास नभए सम्म देश समृद्ध नहुने दावी गर्नुभएको हो ।

मन्त्री अधिकारीले नेपाली जनतालाई सुखी बनाउन आधारभुत आवश्यकता पूरा गर्न सामाजिक न्याय, रोजगारीको सिर्जना तथा गरिबी अन्त्यका लागि सरकार जुटिरहेको बताउनु भयो ।

मन्त्री अधिकारीले नेपालको ताजमहल मानिने पाल्पा जिल्ला तानसेन नगरपालिका १३ बौघागुम्बास्थित रानीमहललाई एक महिना भित्र तानसेन नगरपालिकाको स्वामीत्वमा हस्तान्त्रण गर्ने समेत बताउनु भएको छ ।

error: Content is protected !!