आजबाट तीन दिनसम्म पानी पर्ने, सर्तक रहन विभागको आग्रह

काठमाडौं, असार २४ –

देशभर आजबाट तीन दिनसम्म अविरल वर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बंगालको खाडीसँगै अरब सागरमा ठूलो मात्रामा जलवाष्प आउन थालेकाले निरन्तर वर्ष हुने अनुमान विभागको छ । गत साता पनि तीन दिनसम्म देशैभरी वर्षा भएको थियो । जसका कारण तराइमा बाढी र पहाडमा पहिरो आउदा ठूलो धनजनको क्षति भयो । बाढी र पहिरोबाट २७ जनाको मृत्यु भएको र ४ जनाको बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

आजबाट हुने वर्षाका कारण पनि मानविय क्षति हुन सक्ने भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।

 

error: Content is protected !!