आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं – आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी केही ठाउँमा आज ठूलो वर्षाको अनुमान गरिएको छ ।

मध्य क्षेत्रमा भने आज सामान्यदेखि मध्यम खालको वर्षा हुने उहाँले जानकारी दिनुभयो । स्थानीय बायुको प्रभाव र स्थानीय जलवाष्पयुक्त हावाको प्रभावले मध्य क्षेत्रमा पानी पर्ने सम्भावना भए पनि ठूलो पानी नपर्ने उहाँले बताउनुभयो ।

error: Content is protected !!