आजदेखि तीन दिनसम्म देशैभर पानी पर्ने

काठमाडौं – आजदेखि तीन दिनसम्म देशभर मध्यम तथा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आज प्रकाशित गरेको बुलुटिन अनुसार आज दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ ।

दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने महाशाखाको प्रक्षेपण छ । मौसमविदहरुका अनुसार राति भने यी स्थानहरुमा भारी वर्षा हुनसक्छ ।

काठमाडौं उपत्यकालगायत स्थानमा सोमबार बिहानैदेखि पानी परिरहेको छ । वर्षाको क्रम भोलि पनि यथावत रहने बताइएको छ । महाशाखाका अनुसार भोलि देशभर हल्का तथा मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

श्रावण ३० गते दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्हरुको अनुमान छ ।

error: Content is protected !!