रौतहटको विजयपुर नगरपालिकामा भ्यागुते रोगको प्रकोप

रौतहट । रौतहटको पश्चिमीभेग फतुआ विजयपुर नगरपालिकामा भ्यागुते रोगले प्रकोपको रुप लिएको छ । जसका कारण नगरभित्रका सातवटा भैँसी मरेका छन । पछिल्लो दुई सातादेखि नगरक्षेत्रमा पशुचौपायामा लाग्ने भ्यागुते रोपको प्रकोप देखिएको हो ।

मुख्यगरी फतुआ विजयपुर वडा नम्बर १ गमहरियामा पछिल्लो १५ दिनदेखि पशु चौपायामा भ्यागुते रोग देखा परेको छ ।

उक्त रोग नियन्त्रण गर्न खोप चलाउनु पर्ने तर नगरपालिकामा नगर परिषद नभएका कारण समस्या भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply